दाङ बस दुर्घटना : २ जनाको मृत्यु ,१७ जना घाइते , उद्दार जारी
बुटवल , पुस २७
नेपालगन्जबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस राप्ती नदीको पुलबाट नदीमा खस्दा २ जनाको मृत्यु भएको छ । दाङको भालुवाङ स्थित राप्ती पुलबाट बस नदीमा खस्दा घाइते भएका १७ जनाको उद्दार गरिएको ईलाका प्रहरी कार्यलय भालुवाङले जनाएको छ ।
उद्दार गरिएका १७ जनाको भालुवाङमको स्थानीय अस्पतालमा प्राथमिक उपचार भइरहेको छ । बसमा अझै केही घाइते हुन सक्ने आँकलन अनुसार उद्दार कार्य भइरहेको ईलाका प्रहरी कार्यलय भालुवाङका प्रहरी प्रमुख उज्ज्वल सिह्ले प्रमुख जानकारी दिनुभयो ।
नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस राप्ती पुलबाट नदीमा खसेको हो । प्रहरी, सशस्त्र प्रहरी र स्थानीय नागरिकले घाइतेहरुको उद्दार कार्य जारी राखेका छन् । मृतकको सनाखत हुन बाँकी छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८० २३:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय