दाङ बस दुर्घटना अपडेट : ५ जनाको मृत्यु , उद्दार जारी
बुटवल , पुस २७
नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेकाे भे १ ख ३९१२ नम्बरकाे यात्रुबाहक बस दाङ-देउखुरीकाे भालुवाङ स्थित राप्ती नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । अहिले सम्म २५ जनाकाे उद्धार गरिएकाे छ ।
जसमा हाल सम्म २० घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल सिंहले जानकारी दिनु भएकाे छ ।
बसमा करिब ३० जना यात्रु सवार रहेकाे हुन सक्ने प्रहरी प्रमुख सिंहले जानकारी दिनुभएकाे छ । अहिले नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भालुवाङका नागरिकहरू उद्धारमा खटिएका छन् । भने थप बिबरण आउन बाँकी रहेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८० २३:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय