Hamroprayas
शिवनगर सामुदायिक वनको २८ औं वार्षिकोत्सव सम्पन्न

 

पुस २८
 शिवनगर सामुदायिक वन उपभोक्ता समुह बुटवलको शनिबार २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका निमिक्त  प्रमुख सन्दिप बासुकलाले सामुदायिक वनभित्र संरचना निर्माण तथा अन्य अतिक्रमणलाई रोक्न आग्रह गर्नुभयो । यसैगरी शिवनगर सामुदायिक वन उपभोक्ता समूले वार्षिक रुपमा सम्पन्न भए गरेका कार्यक्रम तथा बजेटमाथि टिप्पणी गर्दै बासुकलाले गरिव तथा विपन्न वर्गका लागि खर्च गरिने रकमलाई थप प्रभावकारी बनाएर उपभोक्ताको जीवनस्तर उकास्न मद्दत पुर्याउनलेगरी अघि बढ्न आग्रह गर्नुभयो ।  उपभोक्ताले अपनत्व महशुस गरी गतिविधि सञ्चालन तथा जँगलको संरक्षण गरी यसभित्र हुने मानवीय अतिक्रणलाई रोक्न आवश्यक रहेको बताउनुभयो ।

सामुदायिक  वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य दिननाथ आचार्य , तिलोत्तमा सव डिभिजन वन कार्यालयका अधिकृत गौतम ख्वालापाला, शिवनगर सामुदायिक वनका संस्थापक सचिव तथा पूर्व अध्यक्ष खड्गबहादुर आचार्य तथा एन्फाका केन्द्रीय उपाध्यक्ष दिर्घबहादुर केसी लगायतले बोल्दै शिवनगर वनलाई नमूना वनको रुपमा बिकास गर्न सुझाव दिनुभयो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मनोज गौचनले समूहको १० वर्षे कार्योजना अनुसार काम अगाडि बढाइएको बताउनु भयो । वन क्षेत्रमा हुने अतिक्रमण नियन्त्रण तथा फोहरमैलामैला फ्याक्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने, गरिव तथा विपन्न परिवारका लागि राहत तथा रोजगार सिर्जना, पर्यापर्यटनको बिकासका लागि योजनावद्ध कार्यान्वयन लगायतका कामलाई निरन्तरता दिइएको बताउनु भयो । वार्षिकोत्सवमा रविन केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
सचिव श्यामकली आचार्यको सञ्चालन, उपाध्यक्ष दिपेन्द्र पराजुलीको स्वागत कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update