Hamroprayas
बनेका कानुन कार्यान्वयनमा जोड दिन जरुरी  छ - सभामुख घर्ती

कपिलवस्तु,पुस २९
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुनको अभावमा स्थानीयतहलाई कुनै बाधा हुन नदिने बताउनु भएको छ । उहाँले लुम्बिनी प्रदेश सभा कानुन  निर्माणमा स्थानीय तहलाई सहजीकरण गर्न सधै तयार रहेको बताउनुभयो ।  

कानुन बनाउनु कुरा ठुलो कुरा नभएको बताउदै सभामुख तुलाराम घर्तीले कानुन कार्यान्वयनमा जोड दिन जरुरी रहेको बताउनु भयो ।  कानुन निर्माणमा स्थानीय तह, प्रदेश र संघको संयन्त्र बनाउन जरुरी रहेको उहाँको भनाइ छ ।  कपिलवस्तुको शिवपुरमा प्रदेश सभा सचिवालयले आईतबार लुम्बिनी  प्रदेश  सभा र स्थानीय तहबीच कानुन निर्माण  तथा सभा  संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा  सभामुख घर्ती मगरले संघीयतालाई  सफल बनाउन स्थानीय तहले प्रभावकारी काम गर्नु पर्ने बताउनु भयो । 

सभामुख घर्ती मगरले  संविधानले स्थानीय तहलाई कानुन निर्माण , प्रमाणिकरण र कार्यान्वयनको अधिकार दिएकाले कानुन निर्माणमा समेत  स्थानीय तहका पदाधिकारी  सदस्यहरुको अब्बल हुनुपर्ने बताउनु भयो । प्रदेश सभाको काम  कानुन बनाउने , बजेट पारित  गर्ने , सरकार  बनाउने र सरकारको काम कार्बाहीको निगरानी गर्ने समेत रहेकोले सरकारलाई  जवाफदेही बनाइने उहाँले बताउनु भयो ।  

उप सभामुख मेनुका खाड केसीले प्रदेशबासीलाई दिइने सेवालाई  स्थानीय तह अधिकार सम्पन्न निकाय  भएको र पालिकाकाले निर्माण गर्ने कानुनले प्रत्यक्ष प्रभाव  पार्ने भएकाले कानुन निर्माणमा ध्यान दिनुपर्ने बताउनु भयो । प्रदेश सभा सदस्य अर्जुन केसीले कानुन निर्माणमा ध्यान नदिदा पछी पछुताउनु पर्ने अवस्था आउने भएकाले कानुन निर्माणको चरणमा विवेक पुर्याउनु पर्ने बताउनु भयो ।

पुर्वमन्त्री एवं प्रदेश सभा सदस्य जानकी प्रसाद  यादवले स्थानीय तहको अधिकारको सहि प्रयोग गरि ऐन कानुन निर्माण गर्दा स्थानीय तह अझै बलियो हुने बताउनु भयो । कृष्णनगर नगर पालिकाका प्रमुख रजत प्रताव शाहले कानुन कार्यान्वयनमा आउने जटिलतामा सहजीकरण गरिदिन आग्रह गर्नु भयो   ।  शिबराज नगरपालिकाका प्रमुख अजय थापाले बिकास निर्माणमा पनि प्रदेशले समन्वय र सहकार्य गर्नु पर्ने बताउनु भयो ।  बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले कानुन निर्माणमा सहजिकरण गरिदिन कानुनी अधिकृत सहित दक्ष जनशक्तिको ब्यवस्था गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल ,बिजय नगर गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिहर बेल्बासे लगायतले बोल्नुभएको कार्यक्रममा प्रदेश सभा सचिवालयका अधिकृत राधा रोकाको संचालन,प्रदेश सभा सचिब दुर्लभ कुमार पुन , कानुन  उप सचिब ईश्वरी प्रसाद आचार्यले सभा संचालन सम्बन्धि संबैधानिक ब्यवस्था, नियमावली , कार्यबिधीको बारेमा सहजीकरण गर्नु भएको थियो।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update