Hamroprayas
ज्ञानोदय कार वासले दसैंका अवसरमा बिशेष छुट दिने

तिलोत्तमा,कार्तिक ४
ज्ञानोदय कार वास एण्ड रिपेयरले दशैको अवसरमा गाडिका विभिन्न पार्टस् बिक्री वितरण, मर्मत र कार वासमा विशेष छुट दिने भएको छ ।

शनिवार  तिलोत्तमा ९ ज्ञानोदय चोकमा वार्षिक उत्सवको अवसरमा गरिएको कार्यक्रममा ज्ञानोदय कारवास एण्ड रिपेयरका संचालक विनोद अधिकारीले चार्डपर्वसंगै स्पेयर पार्टसमा २० प्रतिशत,जनरल चेकअप फ्री,लुव्रिकान्टमा १० प्रतिशत,लेवर चार्जमा ४० प्रतिशत र कार वासमा ३० प्रतिशत छुट दिने घोषणा गर्नुभएको हो ।

उहांले यसको लागि सर्भिस मेला सुरु गर्न लागेको बताउनुभयो । उक्त मेला कात्तिक ५ गते देखि ३० गतेसम्म संचालन हुने जानकारी दिनुभयो ।अधिकारीले डिल्लीमा सम्पर्क कार्यालय रहेको र बुटवल,मणिग्राममा शाखा विस्तार गरेर सेवा प्रदान गरेको बताउनुभयो ।

अधिकारीले अन्य क्षेत्रमा जस्तै सेवा आफ्नै गाउंठाउंमा पनि दिनुपर्छ भन्ने उद्धेश्यले शाखा विस्तार गरेर सेवा दिदै आएको उल्लेख गर्नुभयो । उहांले नेपालका कुनै पनि स्थानमा गाडिका पार्टस नपाएमा डिल्ली अटोपार्टसलाई सम्झिने गरेको स्मरण गर्दै यस्तो खालको सेवा यो क्षेत्रमा नभएको समेत दावी समेत गर्नुभयो ।

 

डिल्ली अटोपाटर्सले सम्पुर्ण ब्राण्डमा लाग्ने पाटर्सहरु होलसेल मुल्यमा बिक्री बितरण गरेको बताउनुभएको छ  । अधिकारीले बिधालयहरुमा फिल्ड सर्भिस दिने योजना रहेको र सोहि अनुरुप सहकार्यका लागि छलफल भएको समेत जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा प्रमुख अथिति वडा नं ९ का वडा अध्यक्ष ध्रुव न्यौपानेले वडाको विकासका लागि यस्ता ब्यवसायहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै वडाका तर्फबाट गर्न सक्ने सहयोग मिल्ने प्रतिवद्धता जनाउनुभयो । न्यौपानेले ईलेक्ट्रिक स्कुटरको समेत ब्यवसाय सुरु गरेकोमा बधाई दिदै वातावरण संरक्षणका लागि पनि अव ईलेक्ट्रिक गाडिलाई महत्व दिनुपर्ने बताउनुभयो ।

कार्यक्राममा विशिष्ट अथिति प्रकाश न्यौपानेले समयको माग देशको अर्थतन्त्र र सेवालाई मध्यनजर गर्दै ईलेक्ट्रिक स्कुटर पनि विक्री वितरण गरेकोले यो वडाका लागि सुखद कुरा भएको बताउनुभयो । त्यस्तै कार्यक्रममा संस्थाका प्राबिधिक प्रमुख राहुल गुप्ताल सानो सानो वर्कसपहरुको ब्यबस्थापनमा डिल्ली अटोपार्टसले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

ध्रुव न्यौपाने प्रमुख अतिथी बिशिस् अथिती प्रकाश न्यौपानेले समयको माग देशको अर्थतन्त्र र सेवालाई मध्यनजर गर्दै ईलेक्ट्रिक स्कुटर पनि विक्री वितरण गरेकोले यो वडाका लागि सुखद कुरा भएको बताउनुभयो । कार्यममा वडा सदस्य कमल शर्मा रेग्मि, तेजप्रसाद पाण्डे लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।


 

 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update