Hamroprayas
तिलोत्तमाको हरैयामा सांस्कृतिक महोत्सव तथा रमाइलो मेला शुरु

तिलोत्तमा ,माघ ५ 

रुपन्देहीको तिलोत्तमा वडा नं ७ को  पिङ पार्क हरैयामा प्रथम वडा स्तरीय सांस्कृतिक महोत्सव तथा रमाइलो  मेला आजबाट सुरु भएको छ । तिलोत्तमा वडा नं ७ को आयोजनामा माघी पर्वको अवसर पारेर नेपाली कला संस्कृति र स्थानिय पर्यटकीय स्थलको संरक्षण र प्रवद्धन गर्ने उद्देश्यका साथ कार्यक्रम सुरु भएको हो । 

शुक्रबार र शनिवार २ दिन सञ्चालन हुने कार्यक्रमको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै  प्रमुख खाँणले तिलोत्तमा नगरपालिका अन्तर्गत वडा नं ७ को आयोजनामा भएको वडास्तरीय कार्यक्रम तिलोत्तमा नगरपालिकामा मात्र नभएर नेपालमै पहिलो कार्यक्रम भएको दाबी गर्नुभयो ।  वडा स्तरबाट नै एक वडा एक पार्क , एक वडा एक खेल मैदान ,एक योगा भवन , एक खेल मैदान आवश्यकता रहेको र यस कार्यमा नगरपालिका लागि रहेको बताउनु भयो । 
विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गाको संरक्षण गरी सार्वजनिक भवन , पार्क जस्ता जनहितका कार्यमा त्यस्ता जमिनको उपयोग गरी यस्ता खालका सांस्कृतिक महोत्सवको आयोजना गर्दा रोजगारीको सृजना, आर्थिक समुन्नति हुनुका साथै स्थानिय कला , सस्कृतिको समेत संरक्षण , पहिचान हुने कुरामा जोड दिनु भयो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उप प्रमुख जागेश्वरदेवी चौधरीले हरेक जात जातिको आफ्नै कला सस्कृति भएको बताउँदै एकले अर्कोको कला संस्कृतिको सम्मान गर्न सक्नुपर्ने बताउनुभयो । 

चौधरीले  वडा स्तरबाट आयोजना गरिएको सास्कृतिक कार्यक्रमले आगामी दिनमा हाम्रो कला संस्कृतिको संरक्षणमा सहयोग पुर्याउने विश्वास व्यतm गर्नुभयो । यस्ता खालका कार्यक्रम तथा सास्कृतिक महोत्सव कला संस्कृतिको संरक्षण गर्नु आफ्नो पनि दायित्व हुने हुदा आफ्नो स्थानबाट आगामी दिनमा सहयोग पुर्याउने प्रतिबद्धता जाउनुभयो ।  तिलोत्तमा वडा नं ७ का वडा अध्यक्ष देवी प्रसाद पंगेनीले तिलोत्तमा वडा नं ७ मा रहेको एक मात्र पार्क पिङ्ग पार्क वडाकै एक पहिचानका रुपमा रहेको बताउनु भयो । वडा स्तरबाट थालनी गरिएको सांस्कृतिक कार्यक्रम सबैको सहयोग र प्रयासले मात्र सम्भव रहेको कुरा बताउदै धन्यवाद दिनुभयो । 
वडा नं ७ मा रहेका सार्वजनिक जग्गा निजि रुपमा जोतभोग गर्दै आएकोमा सार्वजनिक हितका लागि ति जग्गा सार्वजनिक जग्गा नै बनाउन सफल भएको बताउदै अझै पनि केही जग्गा सार्वजनिक जग्गा निजि भएकामा फिर्ता ल्याउन बाकी रहेको बताउनुयो । 
कार्यक्रमको पहिलो दिनमा हास्य कलाकार विष्णु प्रसाद पाण्डे माइला बा , कलाकार स्मृति पाण्डे लगाएतका कलाकारको प्रस्तुति रहेको थियो ।

पहिलो दिनको कार्यक्रममा विभिन्न स्थानिय सस्कृति झल्काउने भेषभुषा , नाँच प्रस्तुत गरिएको थियो । मेला स्थलमा स्थानिय स्तरमा उत्पादित विभिन्न परिकारको समेत स्टल खाखिएको छ । दुइ दिन सम्म सञ्चालन हुने कार्यक्रमको दोस्रो दिन राष्ट्रिय कलाकार श्याम राना , दिपु मगर तथा स्थानिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update