बुटवल , माघ ६
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ( मानवअधिकार एलाइन्स )को आयोजना र विभिन्न संघसस्थाको समन्वयमा मानव अधिकार सम्मेलन २०८० शनिबार बुटवलमा शुरु भएको छ ।
सस्थाका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गौतमको अध्यक्षतामा र लुम्बिनी प्रदेशका पुर्ब मुख्य मन्त्री लिला गिरिको प्रमुख आतिथ्यता रहेको छ ।
कार्यक्रम पहिलो चरण मानव अधिकार सम्मेलन र दोश्रो चरणमा मानव अधिकार सभा २०८० हुनेछ । अध्यक्ष गौतमले लुम्बिनी प्रदेशमा मानवअधिकारको अवस्था कस्तो छ भन्ने बिषयमा विशेष छ्लफल हुने बताउनु भयो ।
कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्मा , संविधान सभा सदस्य राधाकृष्ण कंडेल ,औषधि ब्यबसायी संघका रुपन्देहीका सस्थापक अध्यक्ष बाबुराम भट्टराई ,एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी , उपभोक्ता हित संरक्षण मन्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठक लगायत प्रदेशका १२ जिल्लाका प्रतिनिधिहरुको सहभागीता रहेको छ।
मानव अधिकार एलाइन्स लुम्बिनी प्रदेशका सचीव दामोदर घिमिरेको संचालन र प्रदेश कोषाध्यक्ष मिनाक्षी न्यौपानेको स्वागतमा कार्यक्रम सुरु भएको हो ।