Hamroprayas
अष्ट्रेलियाको सिड्नीमा रुपन्देही  सामाजिक  संञ्जाल द्धारा  शुभकामना आदानप्रदान  

बुटवल, कार्तिक ५

बिभिन्न कामको शिलशिलामा परदेश पुगेका नेपालीहरुले नेपाली पर्वहरुको सास्कृतिक महत्व जोगाईराख्न एक आपसमा शुभकामना साटासाट गरेका छन् ।

यसै क्रममा रुपन्देही सामाजिक संञ्जाल(RSNA)अष्ट्रेलियाको आयोजनामा  विजयादशमि ,शुभदिपावली ,नेपाल  सम्वत  तथा  छठ  पर्वको  पावन अवसरमा  वरिष्ठ  लोक  गायक , साहित्यिक  सर्जक  एवं  पत्रकार रामप्रसाद  खनाल  सँग साक्षरता  गदै  एक  कार्यक्रमका  विच  अष्ट्रेलियाको  न्यू  साउथ  बेल्थको रकडेलमा  कार्यक्रम  सम्पन्न  गरेको छ।

मातृभूमिबाट  टाढा  भएपनि  हाम्रो  परम्परा  चाड  पर्व  संस्कृतिको  संरक्षण  गर्दै  एक  आपसमा  भाईचारा तथा भातृत्वलाई  कायम  गर्ने  उद्देश्यले  कार्यक्रम  आयोजनामा गरिएको  संस्थाका  अध्यक्ष  मुक्तिराम  पोखरेलले  हाम्रो प्रयास डट कमलाई बताउनुभयो ।

कार्यक्रममा नेपालीपन ,संस्कृतिको जगेर्ना तथा संरक्षणको  आयाम  थप्ने  गित  संगित  तथा  नृत्य  मार्फत सस्थाका महिला  संयोजक  सृजना  खड्का  गैरे ,वाल  गायन  आयुषि  पोखरेल  र  आरोहि  पोखरेलले  आफ्नो प्रस्तुति मार्फत मनोरन्जन  प्रदान  गराएका  थिए ।

कार्यक्रमका प्रमुख  अतिथि  राम  प्रसाद  खनालले विश्वको जुनसुकै  कुनामा  रहेपनि  बिभिन्न  विचार आस्था ,धर्म,  विचारमा  विभाजित  नभई  हामी  नेपाली  हौ  ,भन्ने  भावनालाई  कहिल्यै भुल्न नहुने बताउनुभयो । यस्ता पर्वहरुले एकआपसमा  एकता, भाईचारा स्थापित गर्नु नै  ठुलो  रहेको बताउदै सञ्जालले  ८ वर्षमा  गरेको  कामको  प्रशंसा गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ  समाजसेवि डा .नारायण  प्रधान ,फ्रेन्काका  उपाध्यक्ष  डा०  मधुसुदन  पुडासैनि ,गुल्मी  समाजका  अध्यक्ष  कमला  वस्नेत, संस्थाका पूर्व  सल्लाहाकार  एवं  समाजसेवि  रामजी  विष्ट ,प्रध्यापक  संघका  निवर्तमान  अध्यक्ष  प्रध्यापक  गोपाल  पाण्डे ,संस्थाका  संरक्षकहरु राज  खनाल , कृष्ण  गैरे,ईश्वर  पोखरेल  लगायतले बोल्दै  संस्था स्थापनाकाल  देखि  गरेका  मानविय  तथा  परोपकारी  कार्यको  चर्चागर्दै   शुभकामना  व्यक्त  गर्नुभएको  थियो  ।

कार्यक्रममा एक्सफोर्ड  एण्ड  भिसा  सर्मिसेस , किङ्सफोर्ड  इन्टरनेशल  इच्चियूट,इन्द्रेगी  ग्रुप, लेन्ड  एण्ड  लिज  रियल्टी  साउथ  बेष्ट, श्रेष्ठ  होम  लोन,न्यू  पोखरा  ज्वलर्स,आर  के  पेस्ट  कन्टोल  एवं   रिमुभल  सर्मिसेस , प्रोपर्टी  पल्सले  सहकार्य  एवं  संमन्वय  गरेका  थिए ।

सांस्कृतिक  तथा  साहित्यिक  संयोजक सुचना  पाण्डेको  संञ्चालन  संस्थाका  अध्यक्ष  मुक्तिराम  पोखरेलको  अध्यक्षता , वरिष्ठ  लोकगायक , सर्जक  एवं  पत्रकार  राम  प्रसाद  खनालको  प्रमुख  आतिथ्यतामा  सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहाकार,कार्यसमिति  पदाधिकारी ,सदस्य  , संगित  तथा  कला  प्रेमिहरु ,नेपाल तथा अष्ट्रेलियामा  रहनु  भएका अभिभावक  समुदायका  अगुवा  तथा  सहयोगि  संस्थाका  प्रतिनिधिहरुको उत्साहजनक  उपस्थिती  रहेको  थियो । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update