Hamroprayas
पाल्पाको  रानिमहल नजिकै  बैकुण्ठभिर बाट जिप खस्दा ६ जनाको मृत्यु ,१ जना घाइते

पाल्पा , कार्तिक ५
पाल्पाको रानीमहल दरबार नजिकै जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।  एक जना घाइते भएका छन् ।
बाग्मती प्रदेशको ७२०९ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु र एक जना घाइते भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयाे।

दुर्घटनामा तीन महिला, दुई बालक र एक पुरुषकाे मृत्यु भएको तर कसैकाे पनि परिचय नखुलेकाे उहाँले जानकारी दिनुभयो । 

पाल्पाको तानसेन हुँदै रानीमहल जाने क्रममा बैकुण्ठभीर नजिकैबाट जिप खोलामा खसेको थियो । 
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी शर्मासहित तीन वटै निकायका सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् । 

घटनास्थल भिर भएकोले उद्दार कठिनाई भएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update