बुटवल,कार्तिक ५
हिन्दुहरुको महानचाड बडादसै घर आगनमा भित्रिसकेको छ । कतिपय बिभिन्न कामको शिलशिलामा शहरमा बसोबास गरेका बैदेशिक रोजगारीका लागी तेस्रो मुलुक पुगेका नेपालीहरु स्वदेश फर्किरहेका छन् ।
अहिले सामाजिक सञ्जालमा,एकआपसमा भेटहुदा वा टेलिफोनको माध्यमबाट पनि शुभकामना आदानप्रदान भैरहेको छ ।
यसैबिच नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले नेपालीहरुको महान चाँड विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुप्रति शुभकामना व्यक्त गर्नुभएको छ।
आइतबार एक शुभकामना सन्देश जारी गर्दै उनले नेपालीहरुको मौलिक पहिचान भनेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधता रहेको उल्लेख गर्नुभएको छ ।
केसीले पर्वहरुले नागरिक बीचको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र ऐक्यवद्धताले नै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधार बन्न सक्ने बताउनुभएको छ ।