Hamroprayas
लुम्बिनी प्रादेशिक अस्पतालमा बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष सेवा सुरु


माघ २५


 लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष(पिआईसियु) सेवा सुरु भएको छ। बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले कक्षको उद्घाटन   गर्नुभएको छ । परिवारका सदस्यहरू र विशेषज्ञ सहित बच्चा जन्माउने सुविधा सहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक ‘सी’को पहिलो तल्ला र २८ दिन देखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक ‘सी’ तेस्रो तल्लाबाट यो सेवा प्रदान गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुदर्शन थापाले बताउनुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मन्त्रालयले प्रदेशका १३ वटा अस्पतालहरू व्यवस्थापन गर्दै आएको बताउँदै अहिले मन्त्रालयबाट सबैभन्दा धेरै लगानी यस अस्पतालमा गर्दै आएको  बताउनुभयो ।   उहाँले अस्पतालहरूमा देखिएका भौतिक एवं जनशक्ति अभावलाई चिर्ने काम भइरहेको बताउँदै जनताले अहिले विश्वास गर्ने अवस्था हुनु सकारात्मक रहेको बताउनुभयो । 

उदघाटन कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका लुम्बिनीका निर्देशक डा विनोद गिरि सामान्य केसहरूलाई बर्थिङ सेन्टरमा गर्दा जटिल बिरामीले पालो नपाउने अवस्था आउन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । 

लुम्बिनी प्रादेशिक अस्पतालका बाल रोग विभाग प्रमुख डा.किरणमणि पौडेलले बालबालिकाको स्याहारसुसार मा समस्या रहेको अवस्थामा अहिले निकै राम्रा पहलहरू भइरहेको बताउनु भयो। उहाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा ६ बेडबाट सुरु गरेका बताउनुभयो । ।  कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा.जनार्दन पन्थीले पुरानो र धेरैले सेवा लिने लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा बिस्तार संगै गुणस्तरी सेवा दिनु पर्ने बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update