आजभोलि नेपाली हिन्दु धर्मावलम्बीहरुकाे महान चाडपर्व दसैं चलिरहेको छ । नवरात्रीका नव रात मध्ये आज नवाैं दिन चलिरहेको छ । तिथिका आधारमा दसैं पर्वकाे अंकगणित चलिरहेता पनि अधिकाशं नागरिकहरु र तिनिहरुकाे आर्थिक काराेवार र दैनिकीले दशै हषाेउल्लासका साथ यस वर्ष पनि नआएको स्पष्ट देखिन्छ ।
विगतमा दशै गरिबीको रेखामुनि रहेका नागरिकहरुका लागि बाेझ र पिडाका रुपमा रहन्छ भन्ने चित्रण गरिएको भएता पनि यसपालि यस्तो रहेन । निरासाकाे क्षेत्र बिस्तार हुदै गएर मध्य आय वर्गका मानिसहरुका लागि समेत दशै उफ! दशैका रुपमा परिणत भएकाे छ ।
समाजमा बढ्दै गएकाे गैर सामाजिक चिन्तन र यसले सिर्जना गरेकाे जसरी पनि धनी बन्नु पर्ने सपनाले गर्दा आज अधिकाशं परिवारमा दशैकाे समयमा सास्कृतिक पक्षका बारेमा भन्दा ज्यादा छलफल कसरी पैसा कमाउने र अरुलाई धनकाे रवाफ देखाउन सकिन्छ भन्नेमा केन्द्रीकृत भएका छन् । पहिले पहिले आशिर्वादका लागि आफन्तजनकाेमा पुगेर टीका प्रसाद ग्रहण गर्ने परम्परा थियाे ।
जुन हाम्राे माैलिक मानयता हाे तर आज अघिल्लो वर्ष अपेक्षा गरे अनुसार दक्षिणा नदिने आफन्त तथा मान्यजनकाेमा यस वर्ष टीका लगाउन नजाने निर्णय गर्नेकाे सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकाे पाईन्छ । त्यसैगरि परिवारमा पनि कमाउने र नकमाउने सन्तानलाई दशैमा विभेद गर्ने प्रचलन नेपालमा शहर केन्द्रीत बसाइँसराइ र घडेरी किन्ने प्रचलन २०६५ पछि बढेसँगै तिव्रता आएकाे पाईन्छ ।
अहिले दशै मनाउनेहरुकाे सङ्ख्या जनगणना ०७८ अनुसार कुल जनसंख्याको ८० प्रतिशत रहेकाे जसमा आधा कराेड भन्दा धेरै मानिस स्वदेशमा छैनन् बाकी जनसंख्याले याे पर्व मनाउने अवसर प्राप्त गरेका छन् । उनिहरु सबैले आफ्नो आफ्नो स्थानमा रमेर दशै मनाउन सक्ने अवस्थाकाे निर्माण गर्नका लागि हाम्राे नेतृत्व असफल बनेकाे छ । गज्जबकाे कुरा के छ भने हाम्रो राज्यले आफ्नो लगानीमा जन्म घरमा बावु आमा तथा आफन्तकाे हातबाट टीका प्रसाद ग्रहणका लागि जाने नागरिकहरुलाई सहज यातायातको व्यवस्थापन गर्न समेत सकेकाे छैन् ।
यात्रुहरु टिकटको कालाे बजारी, कृत्रिम अभावमा परेका छन् । जनतन टिकट पाए पनि यात्रा सुखद र आरामदायी छैन् । त्यसै गरि सरकारले दशैकाे मुखमा दुई के जि चिनीका लागि दुई किलोमिटर भन्दा धेरै लामाे लाईनमा बसालेकाे छ । राजमार्गको छेउछाउमा अव्यवस्थित तरिकाले नास्ता पसल तथा हाेटलहरु सञ्चालनमा आएका छन् । तिनिहरुले तिव्र गतिमा मादक पदार्थ बेचिरहेका छन् । जसकाे कारण पनि सडक दुर्घटना हुने क्रममा ब्रेक्र आएकाे छैन । सडक यातायात सुरक्षाका लागि बसेका सरकारी बद्रीदारीहरुले कमिसनका लाेभमा जथाभावी यात्रु राखेर सञ्चालन गर्न दिईरहेका छन् ।
बजारमा दशैकाे अवसर पारेर उपभाेग्य वस्तु , लत्ताकपडा , भाडा व्रतन सबै उत्पादनकाे मुल्य अस्वभाविक रुपमा बढेकाे छ । स्थानीय सरकारले देखावटी अनुगमन गरेर व्यापारीकाे नै मनाेवल बढाएकाे देखिन्छ । म्याद गुज्रिएका , कम गुणस्तरीय , प्रयाेग गर्न नमिल्ने अखाद्य प्रदार्थ मिसावट गरि बिक्रीवितरण गरिएको छ ।
जसकाे उपभाेगले दशै सकिएपछि शहरका स्वास्थ्य सस्थामा थामि नसक्ने गरि बिरामीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै आएकाे देखिन्छ । समाजमा नागरिकहरुका बीचमा देखासिकी गर्ने नराम्रो मनाेवैज्ञानिकताले जराे गाडेकाे छ । दशैकाे अवसरमा यस्तो प्रथामा थप मलजल गर्ने कार्य स्थानीय स्तरका राजनैतिक नेतृत्व तथा समाजका अगुवाका रुपमा स्थापित भएका व्यक्तित्वबाट हुनुले दशै सर्वसाधारणका लागि उर्फ बनेको छ ।
घरमा केटाकेटी , बा ,आमा, श्रिमान , श्रिमती आदिकाे जनतन चित्त बुझाएर दशैं मनाउन सुरु गरेको परिवारलाई त्यहि समाजमा आर्थिक रुपमा अलि सक्षम रहेकाे परिवारकाे दमन तथा गिज्जाउने व्यवहारकाे सामना गर्दै दशैं मनाउनु पर्ने बाध्यता आज हरेक मध्य आय परिवार तथा गरिबीको रेखामुनि रहेका नागरिकहरुलाई परिरहेको छ ।
समय अनुसार पर्व मनाउने सस्कार परिवर्तन हुनु आवश्यक छ । आफुले पर्वका नाममा आफ्नो परिवारमा गरिरहेकाे व्यवहारले मेराे समाजका अन्य नागरिकहरुलाई सकारात्मक वा नकारात्मक कस्तो प्रभाव परिरहेको छ भन्ने हेक्का सबैले नराख्दा पहुँच नहुने र सिमित आय आर्जन हुनेहरुका लागि दशैं , उर्फ दशैं बनिरहेको छ ।