Hamroprayas
लुम्बिनी प्रादेशिक अस्पतालको ११४ औं वार्षिकोत्सव : कविता बाचन प्रतियोगितामा सरिता बस्याल प्रथम

बुटवल,फागुन ४ 

लुम्बिनी प्रादेशिक अस्पतालले विविध अतिरिक्त क्रियाकलापसहित ११४ औं वार्षिकोत्सव मनाउने भएको छ । अस्पतालमा वार्षिकोत्सव कार्यक्रम अन्तरगत शुक्रबारदेखि अतिरिक्त क्रियाकलाप सुरु भएको छ । पहिलो दिन आयोजित कविता बाचन प्रतियोगितामा सरिता बस्याल प्रथम हुन सफल हुनुभएको छ । यसैगरी विजय आचार्य द्वितीय, सुभद्रा अर्याल तृतीय तथा ज्योती पौडेलले सान्त्वमा स्थान हासिल गर्नुभयो । 

अस्पतालमा कार्यरत चिकित्सक, स्टाफनर्श, विभिन्न विभागमा कार्यतर स्वाथ्यकर्मी तथा कर्मचारीको सहभागितामा कविता बाचन प्रतियोगिता सम्पन्न भएको हो । अस्पताल, स्वास्थ्य सेवा तथा सचेतना सम्बन्धी कविता बाचन प्रतियोगिामा १२ जनाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका संयोजक तथा अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले कविताको माध्यमबाट प्रतिभाहरुको पहिचान गर्ने अवसर समेत प्राप्त भएको उल्लेख गर्नुभयो  । 

प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले अतिरिक्त क्रियाकलापको माध्यमबाट सेवा प्रदानमा थप उर्जा प्रदान गर्ने दाबी गर्नुभयो । सधै सेवाग्राहीसँग व्यवस्त हुने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अस्पतालमा सञ्चालन गरिएको अतिरिक्त कार्यक्रमले उनीहरुलाई सेवाप्रति थप जिम्मेवार, प्रतिवद्ध र उर्जाशिल बनाउन टेवा पुग्ने अपेक्षा गरिएको उल्लेख गर्नुभयो  । 

वार्षिकोत्सवको कार्यक्रम अन्तरगत शनिबार फुटबल प्रतियोगिता आयोजना गरिएको छ । अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु बीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको खेलकुद संयोजक डा. रमेश अर्यालले जानकारी दिनुभयो ।

विभिन्न विभागका गरी ५ समूहले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । बुटवल–१२ रामनगस्थित नेपाली सेनाको गणुदल गणको खेलमैदानमा फुटबलसँगै भबिलसमेत अयोजना गरिएको संयोजक अर्यालले जानकारी दिनुभयो । यसैगरी खेल गतिविधि अन्तरगत फागुन १२ गते शनिबार क्रिकेट तथा म्याराथन प्रतियोगिता आयोजना छ । अस्पतालले यही फागुन १५ गते ११४ औं वार्षिक साधारणसभाको मूल समारोह गर्ने भएको छ । 

 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update