Hamroprayas

अर्घाखाँची , कार्तिक ७
खेतमा अब पाकेर काट्न ठिक्क परेका पहेला धानका बाला झुलेका छ्न ।घर आगनका डिल  र करेसाबारीमा फुलहरु ढकमक्क फुलेका छ्न ।सुन्दर घरगाउँको हरियाली छ ।   यस्तो मनमोहक दृश्यले जो कसैको मन लोभ्याउछ।शहर पसेका छोराछोरी घर आएका छ । रित्तिएका गाउँघर भरिभराउ छ्न ।एक आपसमा खुशीयाली साटासाट गरेका छन ।

 शरद ऋतुको यो मनमोहक मौसम त्यसै पनि आनन्द आउँछ ।बालबालिका, युवा वृद्ध खुशीका  नीलो आकाशमा  उडिरहेका चंगा संग मन साटिरहेका छ्न । कोही पिङमा मच्चिइरहेका छन् ।घरको भित्ता लिपपोत गरि रंगाइएको छ । हरेकको भान्सामा थरिथरिका परिकार पाकिरहेका छन् । सर्वत्र उल्लास छाएको छ । त्यसैले त, दशैं आएको छ ।

सद्भाव, एकता, संगै  हरेक नेपालीलाई एकाकार गर्ने चाड हो दसैं ।विजय दशमीका दिन मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ। जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने विश्वास गरिन्छ।

आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ।

आज कात्तिक ७ गते मंगलबार २०८० सालको हिन्दु नेपालीहरुको महानपर्व दसैंको हार्दिक मंगल शुभकामना व्यक्त गर्दछौं ।

सामाजिक संजाल बाट लिईएका केही तस्वीरहरु:-

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update