तिलोत्तमा ,फागुन ४
आधुनिकता बढ्दै जादा परम्परागत कला र सस्कृति लोप हुन लागेको भन्दै बिद्यार्थीहरुमा सास्कृतिक भावना जागृत गराउने उदेश्यले तिलोत्तमा ४ स्थित ज्ञानगंगा पाठशालाले शुक्रवार कल्चर फेस्टिबल गरेको छ ।
बिद्यार्थीहरुको सर्वपक्षिय विकासका लागि सुरु गरिएको बृहत् शैक्षिक महोत्सव अन्तर्गत आज कल्चर फेस्टिबल सम्पन्न गरेको हो ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरेले कला सस्कृतिको प्रवद्र्धन र आजका पुस्तालाई जानकारी दिन आवश्यक रहेको बताउनुभयो । घिमिरेले बिद्यालयहरुले रचनात्मक प्रतियोगिता गर्न सके भोलिका देशका कर्णधारले भावी पुस्तालाई यस्ता बिषयमा जानकारी दिन सक्ने बताउनुभयो ।
आज कक्षा तिन देखि ७ सम्मका बिद्यार्थीहरुले गायन, नृत्य, नाटक र दोहोरी समेत प्रस्तुत गरेका थिए । विद्यालयले सम्पुर्ण विद्यार्थीहरुको पुर्ण सहभगिता रहने गरि फाल्गुन ७ गते सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि बृहत् शैक्षिक महोत्सव मनाउन लागेको प्राचार्य चन्द्र अधिकारीले जानकारी गराउनु भयो।
कार्यक्रममा अभिभावकहरुको समेत उल्लेख्य सहभागिता रहने प्रबन्ध निर्देशक युवराज न्यौपानेले बताउनु भयो। यस्तै शनिवार जिल्लास्तरीय अन्तर मा वि अन्डर १६ ब्याडमिन्टन प्रतियोगिता रहेको र रुपन्देहीका १६ विद्याालयको सहभागिता रहने छ । ७ गते खाना महोत्सव,विज्ञान प्रदर्शनी,चित्रकला प्रदर्शनी र पुस्तक प्रदर्शनी सहित विद्यालयको १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् शैक्षिक महोत्सवको समापन समारोह रहेको विद्यालयले जनाएको छ ।