Hamroprayas
स्वर्गीय बुबा निरखबहादुको सम्झनामा छोरा झपिन्द्रले स्थापना गरे अक्षयकोष

बुटवल,फागुन ५

आफ्ना स्वर्गीय बुबा निरख बहादुर रायमाझीकाे स्मृतिमा उहाँका छाेरा झपिन्द्र रायमाझीले रैनादेवी- छहरा गाउँपालिका वडा नं ८ सत्यवतीमा रहेकाे सत्यवती माध्यमिक विद्यालयमा ५१ हजार ४०४ रुपैयाकाे छात्रवृत्तिका लागि अक्षयकाेष स्थापना गर्नुभएकाे छ ।

विद्यालयकाे ५९ ओैं वार्षिकाेत्सव एवम् अभिभावक दिवसकाे अवसरमा उहाँले साे अक्षयकाेषकाे लागि सहयाेग गर्दै बुवाकाे शिक्षाप्रतिकाे याेगदानलाई स्मरण गरेकाे बताउनु भयाे ।

कार्यक्रमका प्रमुख अतिथि रैनादेवी- छहरा गाउँपालिका वडा नं ८ का वडाध्यक्ष रेमबहादुर रानाले झपिन्द्र रायमाझीले आफ्नाे बुवाकाे नाममा राख्नु भएकाे छात्रवृत्ति अक्षयकाेष प्रशंसनीय रहेकाे र निमुखा तथा जेहेन्दार विद्यार्थीका लागि गतिलाे सहयाेग हुने बताउनु भयाे । उहाँले अक्षयकाेषदाता रायमाझीलाई प्रमाण पत्र र दाेसल्लाले सम्मान गर्नुभयाे ।

 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update