Hamroprayas
      लुम्बिनी साँस्कृतिक नगरमा सरसफाई अभियान सुरु

बुटवल,कार्तिक १३
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकालाई स्वच्छ र हराभरा नगर बनाउन संघन रुपमा सरसफाई अभियान सुरु गरिएको छ । 
नगरप्रमुख सजरुद्धीन मुसलमानको नेतृत्वमा उपप्रमुख कल्पना हरिजन सहित नगरपालिका, लुम्बिनी विकास कोष,युएनडिपी नेपाल,स्थानीय संघसंस्थाको सहकार्यमा सोमबारदेखि लुम्बिनीमा सरसफाई अभियान सुरु भएको हो ।

सरसफाईको पहिलो दिन लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.१० अन्र्तगत गेट न.४ र ५ सरसफाई गरिएको हो । प्रत्येक हप्ताको सोमबार सरसफाई गरिने नगरपालिकाले जनाएको छ ।

अभियानमा सरिक हुँदै नगरप्रमुख सजरुद्धीन मुसलमानले नगरलाई स्वच्छ र वातावरण अनुकुल बनाउन चाहेको बताउनुभयो  । घरायसी अथवा विभिन्न क्रियाकलापबाट निस्केका फोहोरलाई समुचित रुपमा व्यवस्थापन गर्न आग्रह गर्दै आफ्नो गाउँ,आफै सफा राखौँ भन्ने अभियानलाई नगरवासीले साथ दिनुपर्ने बताउनुभयो  । फोहोरमैला व्यवस्थापनलाई दिगो रुपमा समाधान गर्नका लागी प्रयास थालनी भैसेकेको भन्दै अभियानलाई साथ दिन सबैलाई आग्रह गर्नुभयो । 

आफु संगै संगै टोल सफा राख्नु आजको आवश्यकता रहेको उपप्रमुख कल्पना हरिजनले बताउनुभयो । फोहोरले विभिन्न रोग निम्ताउने बताउदै उपप्रमुख हरिजनले सरसफाईमा संवेदनशिल बन्नुपर्ने बताउनुभयो ।  

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update