बुटवल ,फागुन ६
बुटवल उपमहानगरपालिकका उप प्रमुख साबित्रादेबि अर्यालले बालबालिकाको भविष्य निर्धारणको मुख्य आधार मन्टेश्वरी भएको बताउनुभएको छ ।घरमा खेलिरहेको बच्चा स्कुल भनेर कापिकिताब बोकेर मन्टेश्वरी पुग्छन् त्यहीबाट उनीहरुको सिकाई शुरुवात हुन्छ, अर्यालले भन्न्ुभयो ।
बुटवल ४ मा रहेको शिशु ज्ञानकुञ्ज मन्टेश्वरी स्कुलको १२ औ अभिभावक दिवस तथा वार्षिकोत्सवको आईतबार उद्घाटन गर्दै अर्यालले शिशु ज्ञानकुञ्जले सबै बालबालिकको भविष्यमा ज्ञानको भण्डारभर्न सफल होस् भन्ने शुभकामना ब्यतm गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख अर्यालले बालबालिकाको हेरचाह र बोलिविकास संगै मन्टेश्वरीहरुले पछिल्लो समय उत्कृष्ट काम गरेको बताउदै शिशु ज्ञानकुञ्जले शिक्षाको क्षेत्रमा गरेको योगदानको प्रशंशा ब्यतm गर्नुभयो ।
बिशिष्ट अतिथि नेपाल सरकारका पूर्व उप सचिव सबिता निरौलाले शिशु ज्ञानकुञ्जले अभिभावकहरुको बिश्वास जित्न सफल भएकोमा खुशी ब्यक्त गर्दै शैक्षिक संगै अतिरिक्तm क्रियाकलापमा अग्रसर हुन आग्रह गर्नुभयो । निरौलाले अभिभावक संगै अतिथिको भूमिकाबाट हेर्दा पनि मन्टेश्वरीले शिक्षाको क्षेत्रमा फड्को मारेको भन्दै उपमहानगरमै उत्कृष्ट,सुरक्षित, असल संस्कार सहितको पाठशालाको रुपमा स्थापित हुन शुभेच्छा प्रकट गर्नुभयो ।
ज्ञानकुञ्जका प्रधानाध्यापक रिता शर्माले हाल बिद्यालयमा आफ्ना बालबालिकालाई अध्ययनका लागि बिद्यालय पठाएर शैक्षिक क्षेत्रमा सेवा गर्ने अवसर दिएको भन्दै सम्पुर्ण अभिभावकलाई धन्यवाद ब्यतm गर्नुभयो । शर्माले हाल ३०० भन्दा बढी विद्यार्थीले पठनपाठन गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा बिद्यालयका सदस्य डाक्टर नारायण पन्थ ,पूर्व प्राचार्य विमला रावल, अभिभावक निलम थापा ज्ञवालीले बोल्दै मन्टेश्वरीमा आएको नयाँ पाठ्यक्रमलाई पछ्याउदै पठनपाठन गराउदा बालबालिकाको सर्वाङ्गिण विकासमा सहयोगपुग्ने बताउनुभएको थियो । कार्यक्रममा बालबालिहरुले अतिरिक्त क्रियाकलाप अन्र्तगत बिभिन्न प्रतिहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रम चन्दा रावलको अध्यक्षता र तुलसी थापाको संचालनमा सम्पन्न भएको थियो ।