बुटवल,फागुन ७
एम्स कलेज बुटवलले आफ्ना ब्यवस्थापन संकायका विद्याथिहरुलाई प्रतिबेदन लेख्न अभ्यस्त बनाउन तीनदिने प्रदिवेदन लेखन कार्यशाला सम्पन्न गरेको छ ।
क्याम्पस प्रमुख दीपक ढकालको सम्योजनमा भएको कार्यशालामा स्कलर्स होम बोर्डिङ्ग स्कुलका प्रचार्य बाबुराम बन्जाडे, उप–प्राध्यापकहरु यज्ञ प्रसाद न्यौपाने, सुरज शाक्य, भोजराज पङ्गेनी र बाशु बेल्बासेले प्रस्तावना लेखन, समस्याको पहिचाहन, विषय बस्तुको अध्ययन, अनुसन्धान उद्देश्य, विधिको तर्जुमा, तथ्याङ्क सन्कलन, विष्लेशन्, प्रस्तुतिकरण जस्ता विषयहरुमा प्रशिक्षण गराउनु भयो ।
कार्यशालामा पि एस एकेडेमिका प्रमुख प्रशिक्षक रमेश अर्यालले शिर्जनशिलता उजागर गर्न प्रायोगात्मक अभ्यास गराउनु भएको थियो । साथै लुम्बिनी बौद्द विश्वविद्द्यालय, डेभलपमेण्ट स्टडिजका डिन युकेश राज भुजुले प्रतिवेदन लेखनका बहुआयमिक पक्षहरुमा सहभागिहरुलाई अभ्यास गराउनु भएको थियो ।कार्यशालामा स्तातक तहका ५४ जना विद्द्याथिहरुको सहभागिता रहेको थियो ।