Hamroprayas
लुम्बिनी प्रदेशमा पहिलो पटक ठूलो टेक कन्कलेभ २०२४ हुदैँ 

बुटवल,फागुन १०
लुम्बिनी प्रदेशमा पहिलो पटक ठूलो टेक कन्कलेभ आयोजना हुँदैछ । विगत ६ वर्षदेखि नेपालकै ठूलो टेक गैर– नाफामुलक संस्थाको रुपमा आफुलाई विस्तार गर्दै आएको कोड फर चेन्जले लुम्बिनी प्रदेशमै ठूलो टेक इभेन्ट ” टेक कन्कलेभ २०२४” को आयोजना गर्न लागेको कोड फर चेन्जका अध्यक्ष कष्ण पोखरेलले बताउनुभयो ।

“कोड फर चेन्ज” ले टेक्नोलोजीको प्रयोग मार्फत समाजमा सकारात्मक परिवर्तन तथा सूचना प्रविधिका विद्यार्थीहरुको सुनिश्चित भविष्यको लागि वर्षेनी सयौं युवाहरु र विभिन्न संस्थाहरुसंग सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यस भन्दा पहिले काठमाडौमा गरिरहेको यस्तो कार्यक्रम यस पटक भने लुम्बिनी प्रदेशमा गर्न लागेको अध्यक्ष पोखरेलले बताउनुभयो । 

रुपन्देहीको भैरहवामा बिहिबार पत्रकार सममेलन गरि  कार्यक्रम बारे जानकारी गराईएको हो ।  मुख्य गरि यो कार्यक्रम सूचना प्रविधिमा रुचि राख्ने माध्यमिक तहका विद्यार्थी तथा व्याचलर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको पोखरेलले बताउनुभयो ।
कार्यक्रमको मुख्य उदेश्य प्रविधि क्षेत्रमा काम गर्दै आएका कम्पनिहरु, कलेजहरु र विद्यार्थीहरु, सरकारी निकाय जम्मा गरि एक आपसमा देखिएको दुरिलाई कम र विद्यार्थीहरु र बिभिन्न निकायहरु बिच पुलको काम गर्ने रहेको पोखरेलको भनाई छ । 

लुम्बिनी प्रदेश युवा परिषद्संगको सहकार्यमा एशियन बुद्ध होटल सिद्धार्थनगर, भैरहवामा हुने भएको छ । कार्यक्रमले नेपालको सूचना प्रविधिको क्षेत्रमा टेवा पुर्याउने र प्रविधिमा काम गरिरहेका संस्था र व्यक्तिहरु विच एउटा कसिलो चेन निर्माण गर्ने दावी परिषद्का उपाध्यक्ष गोबिन्द बहादुर खत्रीले बताउनुभयो । 

सम्पूर्ण इच्छुक बिद्यार्थीलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको हुदा सुचना प्रविधिसंग सरोकार राख्ने सबैलाई फाल्गुन १३ गते भैरहवामा हुन गैइरहेको टेक कन्कलेभ २०२४ मा सहभागी हुन समेत आयोजकले आह्वान गरेको छ । 

कार्यक्रम भित्र सूचना प्रविधिको तिब्र विकास र भविष्य बारे पावर टक, प्यानल डिस्कसन, प्रोजेक्ट प्रदशनी, स्टल भिजिट, नेटवर्किङ सेसन तथा अन्य मनोरन्जनात्मक कार्यक्रमहरु समावेश गरिएको छ। यस कार्यक्रमले प्रविधि क्षेत्रमा उदाउदै गरेका स्टार्टअप लाई पनि विशेष स्थान दिने भएको छ।
   

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update