Hamroprayas
संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि आव्हान गर्छु  – महासचिव एन्टोनियो गुटेरेस 

बुटवल ,कार्तिक १४
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि आव्हान गर्ने बताउनुभएको छ । 
गुटेरेसले युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गर्नुभयो ।

मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो आग्रह गर्नुभएको हो । महासचिव गुटेरेसले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनीको पवित्र उद्यान अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो ।

भगवान गौतमबुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई अत्यन्त खुसी लागेको बताउनुभयो । गुटेरेसले लुम्बिनीे परिसरमा वृक्षरोपणसमेत गर्नुभएको छ  । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update