Hamroprayas
सिमा नाकामा हुने अवैध व्यापार रोक्न खुद्रा किराना व्यवसायी संघको माग 

बुटवल ,कार्तिक  १५
खुद्रा किराना व्यवसायी सघं बुटवल रुपन्देहीले सीमा नाकामा अवैध व्यापार रोक्न माग गरेको छ ।भारतको सिमानामा हुने अवैध व्यापार, चोरी निकासीका ,कारण विशेष गरेर रुपन्देहीमा दर्ता भएका साना पसलहरू मारमा परेको भन्दै मंगलबार भैरहवा भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ज्ञापन पत्र बुझाएको हो । 

ज्ञापन पत्रमा केही समय सीमा क्षेत्रमा कडाइ भए पनि पछिल्लो समय विजयादशमी, शुभ दीपावली र छठको अवसर पारेर विवाह, ब्रतवन्ध जस्ता कार्यको नाममा दैनिक उपभोग्य वस्तुको अवैध व्यापार यस क्षेत्रका उपभोक्ताहरु सुनौली बजारमा जाने गतिविधिका कारण हामी र हाम्रा व्यवसायीहरू अत्यन्तै मारमा परेका छौ, भनी खुद्रा किराना व्यवसायी संघ, बुटवल रुपन्देहीले उल्लेख गरेको छ ।

खुल्ला सिमानाका कारण हुने यस किसिमको गतिविधि रोकथाम तथा नियन्त्रण गर्न आवश्यकता देखिएकोले सम्बन्धित निकायको ध्यान जाओस भनेर ज्ञापनपत्र बुझाईएको संघका अध्यक्ष मोहन प्रसाद बस्यालले बताउनुभयो । 

ज्ञापनपत्र बुझाउने कार्यक्रममा अध्यक्ष बस्याल , सल्लाहकार ज्ञान प्रसाद न्यौपाने , उपाध्यक्ष राधा भुसाल , महेन्द्र  भुसाल , लगायतको  उपस्थिती रहेको थियो ।


 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update