Hamroprayas
लक्ष्मी टोलविकास संस्था 'ख' को १३ औं बार्षिक साधारण सम्पन्न 

बुटवल, कात्तिक १६
लक्ष्मी टोलविकास संस्था 'ख' को १३ औं बार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ । लक्ष्मी मा।विको सभाहलमा सम्पन्न साधारण सभामा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का कार्यबहाक अध्यक्ष अरुण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले विकास निर्माणको जग भनेकै टोलविकास संस्थाका गतिबिधि भएको बताउनुभयो । टोल सुधार र टोल विकासका काममा वडाले निरन्तर साथ दिने बताउनुभयो । टोल संस्था बिना वडा कार्यालय अधुरो र अपुरो रहने बताउदै श्रेष्ठले वडासैगै सहकार्य गर्न टोलविकास संस्थालाई आग्रह गर्नुभयो ।  

साधारण सभाले लक्ष्मी टोल विकास संस्था 'ख' का अध्यक्ष अनिता छन्तेलले प्रस्तुत गर्नुभएको अध्यक्षको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष शिला श्रीस छन्तेलले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन पास गरेको छ । कार्यक्रममा जनप्रतिनिधि पुनम थापा , लक्ष्मी नगर विकास केन्द्रका अध्यक्ष परमानन्द भट्टराई, लक्ष्मीपार्कका अध्यक्ष बाबुराम ढकाल,लक्ष्मी माविका प्रधानाध्यापक शान्ती शर्मा,श्रीनगर टोल विकास संस्थाका अध्यक्ष मिरा पौडेल लगायतले टोल विकासको महत्व र संस्थागत भुमिकाका बिषयमा आ आफ्ना भनाई राख्नुभएको थियो । 

 

कार्यक्रममा जनप्रतिनिधि गोमा नेपाली ,कन्चन टोल विकास संस्थाका अध्यक्ष राधिका शाही,लक्ष्मी टोल विकास संस्था क का उपाध्यक्ष माया क्षेत्री, लक्ष्मी टोल विकास संस्था ग का अध्यक्ष किरण थापा ,बिश्वशान्ती बौद्धविहारका अध्यक्ष शान्ती श्रीस लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रम संस्थाका अध्यक्ष अनिता छन्तेलको अध्यक्षता ,उपाध्यक्ष सिता मल्लको स्वागत  र सचिव दिपा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।  

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update