Hamroprayas
सर्यो नेकपा एमाले रुपन्देहीको जिल्ला अधिवेशन 

बुटवल,जेठ ३
यही जेठ १६ र १७ गते तय भएको नेकपा एमाले रुपन्देहीको जिल्ला अधिवेशन सरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको समय नमिलेकाले जेठ २३ र २४ गतेका लागि सारिएको हो ।

जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले पार्टीका अध्यक्षको समय नमिलेको र अन्य कार्यक्रम पनि जुधेकाले अधिवेशनको समय सारेको बताउनुभयो । 

उहाँले अधिवेशनको मिति सरेकाले प्रतिनिधि छनौटको समय पनि सर्ने जनाउनुभयो । एमाले रुपन्देहीमा नेतृत्वका लागिअहिलेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिवद्वय चित्रबहादुर कार्की र हितराज पन्थीले बलियो दावेदारी पेश गर्नुभएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update