Hamroprayas
सिद्धार्थनगरमा अझै विद्यार्थीले पाएनन् स्थानीय पाठ्यक्रमको  पाठ्यपुस्तक

बुटवल,जेठ ५

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले लागु गरेको स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तक बिद्यार्थीले नपाउदा अध्ययनमा बाधा पुगेको छ । 

राष्ट्रिय पाठ्यक्रम पारुप २०७६ ले आधारभुत तहको कक्षा १ देखी ८ सम्म एक बिषय स्थानीय पाठ्यक्रमको पठनपाठन गराउनुपर्ने व्यवस्था गरेको छ । यस व्यवस्थाको कार्यन्वयनका लागी स्थानीय तहले स्थानीय जनसमुदायको आवश्यकता अनुसार पाठ्यक्रम तथा पाठ्य सामाग्री विकास गरी कार्यन्वयनमा  ल्याउनुपर्ने उल्लेख छ । यसका लागी पाठ्यक्रम बिकास केन्द्रले स्थानीय मार्गदर्शन २०७६ मातृभाषा सहित विकास गरी स्थानीय तहको सहजीकरणका लागि सार्वजनीक गरेको छ । 

जस अनुसार सिद्धार्थनगर नगरपालिकाले नगर  भित्रको भाषा , संस्कृति , इतिहास , स्थानीय ज्ञान , सीप कला तथा प्रविधिमा आधारित विषय संग संम्वन्धीत रही   २०७९ मा १०० पूर्णांंंङकको स्थानीय पाठ्यक्रम निमार्ण गरेको थियो । 
शैक्षिक सत्र २०७९ देखी  नगर भित्रका सबै बिद्यालयमा कक्षा १ देखी १० सम्म पाठ्यपुस्तक बिना नै अध्ययन अध्यापन गर्न शिक्षक विद्यार्थी बाध्य भएका छन् । पाठ्यपुस्तक बिना नै अध्ययन अध्यापन गर्न समस्या भएको शिक्षक विद्यार्थीले गुनासो समेत गर्न थालेका छन् । 

भानुमाध्यमिक बिद्यालयका प्रधानध्यापक मोतिलाल सुबेदीले विद्यालयमा स्थानीय पाठ्क्रमलाइ नै आधार बनाएर पठनपाठन गरिएको बताए । हाम्रो सिद्धार्थनगर पाठ्यपुस्तक बिद्यार्थीको हातमा पर्न सकेको छैन । यसले गर्दा बिद्यार्थीले घरमा गएर अध्यन गर्ने र अभिभावकले सहजिकरण गर्ने काम हुन सकेको छैन । शिक्षा जस्तो बिषयलाइ महत्वका साथ हेरीनुपर्ने उहाँको तर्क रहेको छ ।

सिद्धार्थनगर नगरपालिकाका १३ का प्रधानध्यापक रविन्द्र यादवले पनि पुस्तक कै बिषय लिएर विद्यार्थी र अभिभावकले गुनासो गर्ने गरेको बताउनु भयो । बिद्यार्थी कक्षामा अनुपस्थित हुँदा पनि छुटेका कुरा पुस्तक अध्ययन गरेर सिक्ने बतावरण नभएको उहाँको बिचार रहेको छ ।  त्यस्तै काशी नेवेल एकेडमी सिद्धार्थनगर नगरपालिका १२ का प्रधानध्यापक राजेन्द्र घिमिरेले पुस्तक नहुदा आवश्यक अभ्यास र प्रश्नोत्तर जस्ता शैक्षिक क्रियाकलापमा समस्या भएको बताउनु भयो । 

धार्मिक , सांस्कृतिक विविधता भित्रको सौन्दर्यतालाई प्राथमिकताका साथ पाठ्यक्रममा उठाइएको छ । धार्मिक सांस्कृतिक पर्वहरु होली , वड्की आइतबार , मुर्हरम , ल्होसार , इद , छठ , जितिया , राखी , करवा चौथलाई पाठ्गक्रमको स्तम्भको रुपमा लिइएको छ । पर्यटन क्षेत्र , संस्कृतिक र संकार , कृषि  , उद्योग र व्यवसाय योग उद्योग र प्राकृतिक चिकित्सा पद्धती र जडिबुटी , खेल साहित्य हाम्रा संघसस्था पाठ्यक्रमका मुख्य बिषय रहेका छन् । 

यसै सन्दर्भमा सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले आर्थिक बर्ष २०८०÷  ८१ मा  स्थानीय पाठ्यपुस्तक लेखन र छपाइका लागि २२ लाख बजेट छुट्याएको बताउनुभयो । यसै शैक्षिक सत्रमा पुस्तक वितरण गर्ने गरी अहिले पुस्तक लेखनको काम भैरहेको उहाँले जानकारी दिनुभयो । अहिले कक्षा १,२,३,४,७ र ८ को पुस्तक लेखन हुँदै र बजेट अभावका कारण कक्षा ५ र ६ को पुस्तक भने  अर्को आर्थिक बर्षमा गरिने बताउनु भयो ।आर्थिक बर्ष २०७९÷८० मा  ६ लाख रुपयाँ मात्र बजेट बिनियोजन गरिएको थियो तर पुस्तक लेखनको काम शुरु नै हुन नसके पछि रकम खर्च हुन सकेन – शाखा प्रमुख लम्सालले भन्नुभयो । 

स्थानीय आवस्यकताका विषयवस्तु त्यहीका नागरिकको अपनत्व हुने गरी सरोकारवालाले स्थानीय ज्ञान सीप र प्रविधिलाइ सकेटी विकास गर्ने पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम भएकाले सबै नगरवासीको चासोको बिषय रहेको छ । नगर भित्रका सामुदायिक र संस्थागत दुबै बिद्यालयमा कक्षा १ देखी ८ सम्म १०० पूर्णाङ्कको हाम्रो सिद्धार्थनगर पुस्तकको लेखनकार्य तिव्र गतीमा लागेको पुस्तक लेखन कार्य दलका सदस्य प्रेम नारायण भुषालले बताउनु भएको छ । 
पुस्तक भित्र सृजनात्मक क्रियाकलाप र अवलोकन अध्ययन भ्रमण जस्ता बिषय भएकाले विद्यार्थीको रुचिको विषय हुने भुषालको तर्क रहेको छ । नगरपालिका भित्रका सरोकारवालाको राय , सुझाव र छलफलबाट पाठ्यक्रम तयार भएको र आवस्यकता अनुसार परिमार्जन गरिदै लैजाने पाठ्यक्रममा उल्लेख गरिएको छ । 

यसै सन्दर्भमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले छिट्टै नै हाम्रो सिद्धार्थनगर पुस्तक विद्यार्थीको हात हातमा पुग्ने दावी गर्नुभएको छ । सिद्धार्थनगर नगरपालिकाका भित्र १७ वटा सामुदायिक ,४२ वटा संस्थागत , १३ वटा मदरसा र १ वटा संस्कृत बिद्यायल रहेका छन् । 


 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update