बुटवल , जेठ १५
तिनाउ गाउँपालिकाभित्र रहेका माध्यमिक एवम् आधारभूत विद्यालयमा रहेका ईकाे क्लवका नायक एवम् पदाधिकारीहरुका लागि जलवायु परिवर्तन,ईकाे क्लव,बैठक सञ्चालन,माईन्यूट लेखन सम्बन्धि तालिम साेमवार दाेभानमा सम्पन्न भएकाे छ ।
तालिममा वन अधिकृत राेहित भुसाल, संरक्षण अभियन्ता दलबहादुर गुरुङ र सामाजिक एवम् शैक्षिक व्यक्तित्व युवराज घिमिरेले उल्लेखित विषयहरुमा सहजीकरण गर्नुभएको थियो।
तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्यालले विद्यालयमा गठित ईकाे क्लवले वन,वातावरण र जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेकाे बताउँदै आगामी दिनमा समेत यस्ता विषयहरुमा पुनर्ताजगी तालिम सञ्चालन गर्न सामुदायिक वन समन्वय समितिलाई अनुराेध गरेका छन् ।
सेन्स नेपालका केन्द्रीय उपाध्यक्ष भेषराज पाेखरेल,शेरबहादुर थापा र हरिकला कुमाल लगायतले तालिममा आफ्नाे विचार राखेका थिए ।
सहभागी विद्यालयलाई माईन्यूट लेख्नका लागि आवश्यक सामग्री समेत प्रदान गरिएकाे थियाे ।
तालिममा १२ वटा विद्यालयका ४० जना विद्यार्थीकाे सहभागिता रहेकाे उक्त तालिममा सामुदायिक वन समन्वय समिति,तिनाउका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले स्वागत गर्नुभएको थियो ।
तिनाउ गाउँपालिका ,पाल्पा र बुटवल उपमहानगरपालिका,बुटवलले आर्थिक एवम् प्राविधिक सहयाेग गरेकाे उक्त तालिमकाे आयाेजक सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पा रहेकाे थियाे ।