बुटवल, जेठ १५
मिलीजुली बचत तथा ऋण सहकारी संस्था लि.पाल्पाले तिनाउकाे वडा नं. १ कचलकाे आरुखुदीमा सहकारी शिक्षा तालिम मंगलवार सम्पन्न गरेकाे छ ।
तालिममा सहकारी अभियन्ता दलबहादुर गुरुङले सहकारीकाे अर्थ,परिभाषा,सिद्धान्त,नियमका बारेमा सहजीकरण गरेका थिए । ग्रामीण क्षेत्रमा सहकारीले आर्थिक उन्नति र प्रगतिका लागि विशेष काम गरेकाे भन्दै उनले तिनाउमा उत्कृष्टता हासिल गरेकाे मिलीजुली सहकारीले सहकारी सदस्यहरुका हितमा काम गर्दै आएकाे समेत उल्लेख गर्नुभयो।
सहकारीले दिदै आएकाे सेवा र समाजमा पारेकाे आर्थिक एवम् सामाजिक प्रभावका बारेमा सहकारीका अध्यक्ष रवीन्द्र पाैडेलले सहजीकरण गर्नुभएको थियोे ।
आरुखुदी-हात्तीमारा टाेल विकास संस्थाका ६० बढी सदस्यहरुकाे उपस्थितिमा सञ्चालित उक्त तालिममा सहभागीहरुले आफ्नाे गाउँकाे आर्थिक विकासमा मिलीजुली सहकारी रामवाण सावित हुन सकाेस् भनी संस्थाका अध्यक्ष ऐमान चिदीले शुभकामना व्यक्त गर्नुभएको थियो।