बुटवल, असार ८
इनरव्हील क्लब डिष्ट्रिक ३५० को बर्ष २०२४-२५ को डिष्ट्रिक चेयरमेनमा बुटवलकी आशा श्रेष्ठ सिमाङ्गैडाले पदभार ग्रहण गर्नुभएको छ । महिलाहरु मात्रै आवद्ध देशभरका ४१ इनरव्हील क्लबका सदस्यहरुको उपस्थितिमा रुपन्देहीको मणिग्राममा शनिवार आयोजना गरिएको १० औं डिष्ट्रिक इन्सलेसन तथा ११ औं डिष्ट्रिक एसेम्बली कार्यक्रमका बिच बर्ष २०२४-२५ का लागी चयन नयाँ नेतृत्वले पदभार ग्रहण गरेको हो ।
कार्यक्रममा बर्ष २०२३ -२४ डिष्ट्रिक चेयरमेन टुना थापाले नव निर्वाचित २०२४-२५ का डिष्ट्रिक चेयरमेन आशा श्रेष्ठलाई क्लबको प्रमाणपत्र,ह्याम्बल ग्रयाभेल प्रदानगरि पदभार प्रदान गर्नुभयो । त्यस्तै इनरव्हील क्लब डिष्ट्रिक ३५० को बर्ष २०२४-२५ का लागी इमिडियट पास्ट डिष्ट्रिक चेयरमेनमा टुना थापा,डिष्ट्रिक भाईस चेयरमेनमा कमला श्रेष्ठ, डिष्ट्रिक सेके्रटरीमा श्रृष्टी श्रेष्ठ प्रजापति, डिष्ट्रिक ट्रेजररमा बिनिता भट्टराई अधिकारी, डिष्ट्रिक आई.ए.ओ. मा सबिता दास र रिना ताम्रकार , डिष्ट्रिक इडिटरमा मन्जु शाक्य, डिष्ट्रिक एक्जुकेटीभ मेम्बरमा निर्मला मल्लले शनिवार नै पदभार ग्रहण गर्नुभएको हो ।
बर्ष २०२४-२५ का लागी पदभार ग्रहण गर्दै डिष्ट्रिक चेयरमेन आशा श्रेष्ठले क्बलको नयाँ शताब्दीको सुरुवातसँगै वर्ष २०२४-२५ का लागी चेयमेन बन्न पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै जोश जाँगरका साथ यस वर्षको राष्ट्रिय थिमलाई मध्यनजर गर्दै काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
चेयरमेन श्रेष्ठले आफ्नो कार्यकालमा स्वास्थ्यसेवा,सबै क्लबहरूद्वारा महिलाहरू र बालबालिकाको स्वास्थ्य समस्याहरूमा सामूहिक कायगर्ने,महिलाहरुको स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने,बालबालिकामा अटिजम सम्बन्धी जनचेतना, महिला सशक्तिकरण,इनरव्हील सदस्यहरू र महिलाहरूलाई नेतृत्व प्रशिक्षण, स्वार्थभन्दा माथि सेवा लाई प्राथमिकता दिने लगायतका कार्यलाई फोकस गरेर काम गर्ने बताउनुभयो ।
साथै श्रेष्ठले सामाजिक परिवर्तनका लागि देशभरका क्लबहरुले महिलाहरूका लागि रोजगार अवसरहरू सिर्जना गर्ने र सिप विकास कार्यक्रमहरू आयोजना गर्नुपर्ने बताउनुभयो । बालबालिकाको शैक्षिक उपलब्धिलाई समर्थन गर्दै संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यहरू लक्ष्य प्राप्तीलाई समर्थन गर्ने गरी क्लबको हर्टबिट अफ ह्युमानीटीको थिममा रहेर काम गर्ने बताउनुभयो । श्रेष्ठ इनरह्लि क्लब अफ मिडटाउन बुटवलको चार्टर प्रसीडेन्ट हुनुहुन्छ । उहाँले इनरव्हील डिष्ट्रिक ३५० अन्र्तगतका बिभिन्न पदको जिम्मेवारी सम्हाल्दै डिष्ट्रिक चेयरमेनको जिम्मेवारीमा पुग्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि इनरव्हील डिष्ट्रिक ३५० का नेपाल रिप्रेजेन्टिभ कमला महर्जन सुवालले इनरव्हीलका देशभरिकै क्लबहरुले सकारात्मक उर्जा थपिने गरि काम गरेको बताउँदै आगामी दिनमा पनि क्लवहरुले क्रियाशिल ढंगबाट कामगर्नुपर्ने बताउँनुभयो । उहाँले महिलाहरुको सामाजिक क्षेत्रको उत्तरदायित्व बढाउनुमा यस्ता क्लबवहरुको महत्वपुर्ण योगदान रहेकाले आफ्नो नेतृत्व हुदा उदाहरणीय र साच्चिकै समाजमा सकारात्मक प्रभावपार्ने आवश्यकता अनुसारका काम गर्नुपर्नेमा जोड दिनुभयो । वर्ष २०२४-२५ का डिष्ट्रिक चेयरमेन अध्यक्ष टुना थापाले आफ्नो कार्यकालका समयमा गरेका गतिबिधिका बिषयमा जानकारी गराउनुभएको थियो।
कार्यक्रममा पास्ट इन्टरनेशनल इनरव्हील क्लब डाईरेक्टर कमलप्रभा खरेल, पास्ट नेपाल रिप्रेजेन्टिभ विजयालक्ष्मी श्रेष्ठ , बर्ष २०२४-२५ का नेपाल रिप्रेजेन्टिभ समिरा ध्वजु, डिष्ट्रिक सेके्रटरी श्रृष्टी श्रेष्ठ प्रजापति लगायतले बोल्दै इनरव्हील क्लबले गरेका कामहरु समुदायमा आधारित हुनुपर्ने बताउनुभएको थियो ।
इनरह्लि क्लब अफ मिडटाउन बुटवल होस्ट क्लब रहेको कार्यक्रम २ दिन सम्म चलेको थियो । पहिलो दिन असार ७ गते पत्रकार सम्मेलन ,फेलोसिप र दोस्रो दिन असार ८ गते मुल सभा गरिएको होस्ट क्लबका पास्ट प्रसीडेन्ट राधा भट्टराईले जानकारी दिनुभयो । बिश्वका १०० भन्दा बढी राष्ट्रमा फैलिएको इनरव्हील क्लबको वर्ष २०२४-२५ थिम हर्टबिट अफ ह्युमानीटी तोकिएको छ ।
कार्यक्रममा देशभरका करिब ३०० इनरव्हीलमा आवद्ध महिलाहरु रुपन्देहीमा जम्मा भएका थिए । सामाजिक सेवामा समर्पित क्लब इनरव्हीलको नेतृत्वमा छोटो समयमा नै रुपन्देही बाट २ जना डिष्ट्रिक चेयरमेन पाउनु रुपन्देहीका लागी गौरवको कुरा हो । यस भन्दा अगाडी रुपन्देहीकै समिरा ध्वजुले डिष्ट्रिक चेयरमेनको नेतृत्व सम्हालीसक्नु भएको छ ।