बुटवल , असार ११
लायन्स क्लब अफ शंकरनगर वाटिकाको वर्ष २०२४–२५ को अध्यक्षमा गिता खनालले पदभार ग्रहण गर्नु भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रीक ३२५ पी नेपाल अन्तर्गत रहेको क्लबले सोमबार आयोजना गरेको सातौ ह्याण्डओभर चार्टर एनिभर्सरी तथा अवार्ड सेरमोनी कार्यक्रममा बर्ष २०२३–२४ का अध्यक्ष रुपा गुरुङले बर्ष २०२४–२५ का अध्यक्ष गिता खनाललाई पदभार हस्तान्तरण गर्नुभएको हो ।
बर्ष २०२४-२५ का लागी निर्वाचित नेतृत्वमा अध्यक्ष खनाल सहित आई पि पि रुपा गुरुङ, प्रथम उपाध्यक्ष लक्ष्मी दुवे,दोस्रो उपाध्यक्ष हिरा बस्याल,तेस्रो उपाध्यक्ष नेहा सत्याल,सचीव शारदा भण्डारी, सहसचीव सरिता भण्डारी, कोषाध्यक्ष भगवती गौतम, सचेतक शान्ता गिरी ,पब्लिक रिलेसन अफिसर ईश्वरी न्यौपाने,लायन चिफ कोर्डिनेटर गिता श्रेष्ठ,सर्भिस चेयर पर्सन लक्ष्मी पौडेल,निर्देशक इन्दु ढकाल, प्रोग्राम कोर्डिनेटर गीता गौतम ,डाईरेक्टर केसरा पाण्डे,सदस्य पुजा चालिसे रहनुभएको नवनिर्वाचित अध्यक्ष खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष खनालले आफ्नो कार्यकालमा महिला सशक्तीकरण, नेतृत्व विकास, उद्यमशिलता, क्लबको सचिवालय स्थापनाका लागि पहल गर्ने लगायत लायन्सको नम्समा केन्द्रित रहेर समुदाय केन्द्रित बिभिन्न कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँँले संस्थाको अध्यक्ष जस्तो जिम्मेवारी प्रदान गरेकोमा सम्पुर्ण क्लबका सदस्यहरु, पुर्ब अध्यक्षहरु, लायन्सका सम्पुर्ण लिडहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै पदभार प्रदान गर्दै बर्ष २०२४ -२५ का अध्यक्ष आई पि पि गुरुङले क्लबको बृद्धि विकासका लागि आफ्नो तर्फबाट २५ हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभयो ।आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पुर्ण लायन्स, ननलायन्सलाई धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा बिभिन्न ३८ वटा कार्यक्रम गर्न सफल भएको जानकारी दिनुभयो ।
सामाजिक सेवाले नै जिवनमा सन्तुष्ट मिल्छ– गर्भनर अर्जुनमान सैजु
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स ईन्टरनेशनल डिष्ट्रीक ३२५ पी नेपालका गर्भनर एमजेएफ लायन अर्जुनमान शैजुले छोटो समयमा नै लायन्स शंकरनगर क्लब अफ वाटिकाले राम्रा कार्यक्रम गर्न सफल भएको भन्दै प्रशंसा ब्यक्त गर्नुभयो । उहाँले सामाजिक काम जति गर्यो त्यति आनन्द आउने भन्दै क्लबको माध्यमबाट गरेका कामहरुको समाजमा पनि जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । लायन्स इन्टरनेशनल डिष्ट्रीक ३२५ पी नेपालका सबै क्लबहरुले उत्कृष्ट काम गरेको कारणले नै डिष्ट्रीक सफल भएको बताउनुभयो ।
डिष्ट्रीक सेकेन्ड गर्भनर सन्दिप कसौधन क्लबले गरेका कामहरुको प्रशंसा गर्दै निर्वाचित नयाँ टिमलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो । क्लबका संस्थापक अध्यक्ष राज श्री गौतम आत्रेयले क्लब स्थापनाको समयलाई स्मरण गर्दै आगामी दिनमा क्लबले अझै उत्कृष्ट काम गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ नेतृत्वको सफल कार्यकालको शुभकामना दिदै सक्दो सहयोगको लागि आफु जुनसुकै बेला पनि तयार रहेको बताउनुभयो ।
कार्यक्रममा फस्ट लेडी सिर्जना सैजु ,फस्ट डिष्ट्रीक गर्भनर बालाराम भट्टराई, डिष्ट्रीक सेकेन्ड गर्भनर सन्दिप कसौधन, डिष्ट्रीक सेक्रेटरी माधव खनाल, एरिया ४ का एरिया चिफ दिपक श्रेष्ठ, मातृ क्लब शंकरनगरका गाईडिङ लक्ष्मण पाठक,अर्जुन कार्की क्लबका पुर्ब अध्यक्षहरु सुमित्रा न्यौपाने , साधना भण्डारी लगायतको उपस्थिति रहेको कार्यक्रममा क्लबका आईपिपि गुरुङले आफ्नो कार्यकालमा सहयोग गर्ने क्लबका सदस्यहरु र अतिथिहरुलाई मायाको चिनो प्रदान गरि सम्मान गर्नुभएको थियो ।
दुई सेसनमा आयोजना गरिएको कार्यक्रमको पहिलो सेसन निवर्तमान सचिव भगवती गौतमले र दोस्रो सेसन निर्वाचित सचिव शारदा भण्डारीले सञ्चालन गर्नुभएको थियो ।