तिलोत्तमा,१२ असार
तिलोत्तमाका २हजार ३ सय ३८ बालबालिकाले खोप पाएका छ्न् ।कुल एक लाख ५६ हजार २९८ जनसंख्या मध्ये १५ महिनासम्मका पूर्ण खोप लगाउनुपर्ने २ हजार ३ सय ३८ बालबालिकाले खोप पाएको तिलोत्तमा स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले स्वास्थ्य प्रतिवेदनमार्फत जानकारी गराउनुभएको हो ।
पौडेलले पालिकामा नियमित खोप प्रगति सय प्रतिशत रहेको दावी गर्नुभयो ।सोही अनुरुप नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा भएको छ । नगर प्रमुख रामकृष्ण खाँणको अध्यक्षतामा बुधबार भएको कार्यक्रममा खाँडले तिलोत्तमालाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्नुभयो ।
राष्ट्रिय खोप निर्देशिका अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिना मुनीका सम्पूर्ण बालबालिकालाई सबै खोप लगाएकोले तिलोत्तमालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापागाईंले नगर प्रमुख खाँणलाई तिलोत्तमा पूर्ण खोप दिगोपना सुनिश्चितताको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको छ ।
प्रमाणपत्र हस्तान्तरण पछि बोल्दै जिल्ला समन्वय समिति प्रमुख चापागाईंले स्वास्थ्य क्षेत्रमा क्रमश उल्लेखनिय कार्यक्रम हुँदै आएको भन्दै यो अभ्यास पनि प्रशंसनीय रहेको बताउनुभयो ।चपाईले दिगोपनाको चुनौती भने रहिरहेको उल्लेख गर्दै कार्यक्रमहरुलाई निरन्तरता दिइरहन पर्ने खाँचो औंल्याउनुभयो । नगर प्रमुख खाँडले पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित बनाउन स्वास्थ्य क्षेत्रमा कार्यरत सबै स्वास्थ्यकर्मीको योगदानको प्रशंसा ब्यक्त गर्नुभयो ।
नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख ज्ञान प्रसाद पौडेलले पालिकाको उनले ‘खोज र खोप‘ अभियान अन्तर्गत छुट भएका ७ जनालाई स्वास्थ्यकर्मीले घरघरमै पुगेर खोप प्रदान गरेका छन् ।यस्तै, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जिल्लामा गत वर्ष दादुरा, रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरेजस्तै सबै स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि छलफल, अभियान र कार्यक्रम गरिरहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल,उपप्रमुख जगेश्वरदेवी चौधरी ,जनस्वास्थ्य निरिक्षक प्रवेस पौडेल,लक्ष्मी आचार्य,पालिकाका स्वास्थ्यकर्मी,जनप्रतिनिधि लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन जनस्वास्थ्य निरिक्षक केशब भट्टराईले गर्नुभएको थियो। तिलोत्तमामा हाल कुल २७ वटा खोप क्लिनिक रहेका छन् भने ६९ जना स्वास्थ्यकर्मी कार्यरत छ्न् ।