Hamroprayas
जनताले अनुभूत गर्ने गरी समाज रुपान्तरणको काममा लागौं - एमाले लुम्बिनी इन्चार्ज अर्याल 

बुटवल,असार १३
नेकपा(एमाले) केन्द्रीय सचिव तथा लुम्विनी इन्चार्ज पद्या अर्यालले अहिलेको अवस्थामा मुख्यतः राष्ट्रिय स्वाभिमान र स्वाधिनताको विषय सहित चारवटा एजेण्डालाई आत्मसात गरेर पार्टी कामलाई अघि वढाउन आवश्यक रहेको बताउनु भएको छ । 

बिहिबार नेकपा (एमाले) प्रदेश कमिटी लुम्विनीको तेश्रो पूर्ण बैठकलाई सम्वोधन  गर्नुभएको  गर्दै उहाँले पार्टीलाई एजेण्डाले नेतृत्व गर्ने बताउदै जनताका तात्कालिन र दीर्घकालिन एजेण्डाको रुपमा शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलाई ग्यारेन्टी गरेर जान सक्नुपर्ने बताउनुभयो । सवै वर्ग र समुदायका एजेण्डालाई आत्मसात गर्न सकिने भएकोले तदनुसारका विषयलाई अभियानका रुपमा लैजान आवश्यक रहेको अर्यालको भनाई छ । 

जनता दर्शन तथा दस्तावेज पढेर मात्र बस्दैनन् भन्ने कुरा पनि हामीले वुझ्नुपर्छ भन्दै उहाँले भन्नुभयो– पार्टी परिवर्तनको वाहक र देशको संरक्षक भएकोले पार्टीलाई जनतामा आधारित पार्टी बनाउनु जरुरी छ । अर्यालले हरेक कार्यकर्ताले पार्टीलाई अभिभावक सम्झने अवस्था सृजना गर्न स्वयं नेता र कार्यकर्ता पनि सुध्रिन जरुरी रहेको वताउनुभयो । आजका नेता कार्यकर्ताले नीति र प्रविधिलाई संगसंगै लैजान आवश्यक रहेकोले अवका वैठकमा यस्ता एजेण्डालाई छलफलको विषय बनाउन अपिल गर्नुभयो । 

उहाँले परम्परागत हिसावले हैन, विषय केन्द्रीत छलफल गर्ने, निश्चित समय तोक्ने, प्रविधिको सदुपयोग गरी आफ्ना धारणा पठाउने र आवश्यक पर्दा भर्चुअल माध्यमबाट पार्टीका वैठक र प्रशिक्षण सञ्चालन गर्न सुझाव दिनुभयो । पार्टीको काम समाज रुपान्तरण गर्ने भएकोले नीति र विचारका साथै जनताले अनुभूत गर्ने गरी समाज रुपान्तरणका काममा लाग्न अर्यालले निर्देशन गर्नुभयो । बलियो राष्ट्रिय शक्ति नभई रुपान्तरणका काम गर्न नसकिने तर्क प्रस्तुत गर्दै प्रमुख अतिथि अर्यालले आफैबाट रुपान्तरणको अभियान शुरु गर्न र हरेकले आफ्ना काम तथा चरित्रवारे आत्मसमिक्षा गर्न पनि अपिल गर्नुभयो । 

वैठकको अध्यक्षता गर्नुभएका एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले नौ वटा प्रस्ताव पेश गर्नुभएको थियो । जस अनुसार प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र राजनीति नियुक्ति पाउनेको सम्मान तथा वार्षिक कार्ययोजना–२०८० को समिक्षा, वार्षिक कार्ययोजना–२०८१ प्रस्तुत, जिल्ला तथा मातहत कमिटीका वैठक र प्रदेश कमिटीको मनोनयन सम्वन्धी प्रस्तावहरु थिए ।

वैठकले सात जनालाई प्रदेश कमिटीमा मनोनयन गरेको छ । जसमा उमा विक चन्द वोहरा         (कपिलवस्तु) र पूर्व जिल्ला अध्यक्षहरू तेजेन्द्र केसी (रुपन्देही), डम्वर शर्मा (कपिलवस्तु), टोपवहादुर ओली (पूर्वी रुकुम), कृष्ण कक्षपति (बाँके), हुकुमवहादुर वस्नेत (दाङ), लालवहादुर श्रेष्ठ               (बर्दिया) लगायत ७ जना रहनुभएको छ । 
बैठकले पार्टीको मुखपत्र लुम्विनी सन्देशको प्रकाशनका लागि आवश्यक तयारी गर्ने, जिल्ला र पालिका कमिटीको कार्यालय तथा अभिलेखीकरणलाई व्यवस्थित गर्ने, आन्तरिक लेखा परीक्षणका विषयमा पनि विभिन्न निर्णयहरु गरेको छ । वैठकमा पोलिटव्युरो सदस्यहरु दलवहादुर राना, वैजनाथ चौधरी, लिला गिरी, दधिराम न्यौपाने, खेममान खड्कालगायत केन्द्रीय सदस्य, सल्लाहकार, विभिन्न आयोगका सदस्यहरुसमेतको उपस्थिति थियो । १० वूँदे समसामयिक प्रस्तावहरु पारित गरेको बैठकको सञ्चालन सचिव लक्ष्मण आचार्यले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update