बुटवल,असार १३
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।
अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।एसइईको नतिजा सार्वजनिक भएसँगै एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहो¥याएर पढ्नुपर्ने भएको छ ।‘नन् ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याउन नसकेपछि दोहोराएर कक्षा १० मा पढ्नु पर्ने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार दुई वटासम्म विषयमा नन् ग्रेडेड हुने विद्यार्थी एक लाख १५ हजार ८३४ जना छन् । एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ ।
नतिजाअनुसार, यसवर्ष परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७. ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।यसवर्ष १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । त्यस्तै २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो ।
यसैबिच
एसईईको नतीजामा सबैभन्दा बढी लुम्बिनी प्रदेशका विद्यार्थीले “ननग्रेड” ल्याएका छन् । लुम्बिनीका ८० हजार ३ सय २७ जना विद्यार्थीमध्ये ४९ हजार २ सय २४ जना ननग्रेडमा परेका हुन्।
प्रदेश १ मा ३९ हजार ८ सय ९५ जना, मधेश प्रदेशमा ४२ हजार २ सय ८६ जना, बागमती प्रदेशमा ३३ हजार ८ सय ४३ जना, गण्डकी प्रदेशमा २० हजार २ सय ७५ कर्णाली प्रदेशमा २० हजार ३ सय ८० र सुदूरपश्चिम प्रदेशमा ३६ हजार ४ सय १० जना ननग्रेडमा छन्।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्।
बोर्डका अनुसार, १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्। बिहीबार एसईई नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष महाश्रम शर्माले सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेको जानकारी दिनुभयो ।
परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएका छन्।ननग्रेड ल्याउनेको संख्या २ लाख ४२ हजार ३१३ रहेको छ।ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् भने त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन्। ३.६० देखि ४ जीपीए ल्याउनेको संख्या ३१ हजार २०९ रहेको शर्माले जानकारी दिनुभयो ।