Hamroprayas
सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ, असार ३१

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मुल्य हो ।

यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो ।त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ९ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १ हजार८ सय ८५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update