साउन ६ मा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने
बुटवल,साउन १
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ मा प्रतिनिधि सभालाई सम्बोधन गर्नुहुने भएको छ । ओलीले चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो संसद् सम्बोधन गर्न लाग्नुभएको हो ।
अब साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको पहिलो सम्बोधन गर्नुहुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
ओली अहिले चौथोपटक प्रधानमन्त्री बन्नुभएको हो । उहाँ पहिलो पटक २०७२ सालको असोज २४ गते र दोस्रोपटक २०७४ सालको फागुन ३ गते र तेस्रोपटक २०७८ सालको वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१ १०:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय