Hamroprayas
लुम्बिनी फोटोग्राफर संघद्धारा ३ दिने तालिम

बुटवल,साउन ४
लुम्बिनी फोटोग्राफर संघ,रुपन्देहीले आयोजना गरेको उद्घोषण,भाषणकला र बैठक सञ्चालन एवम् माईन्यूट लेखन सम्बन्धि तीन दिने तालिम आयोजना  गरेको छ । 

तालिमको दोस्रो दिन भाषण,भाषणकला,भाषणको तयारी र व्यवस्थापनका साथै बैठक सञ्चालन र माईन्यूट लेखनका विषयमा सामाजिक अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गर्नुभएको छ  । 

उहाँले ती विषयहरुमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रवाह गर्नुका साथै तालिमको अन्तिम दिन शनिवार प्रयोगात्मक कक्षा सञ्चालन गर्ने तालिम संयोजक संघका प्रथम उपाध्यक्ष माधव पन्थले जानकारी दिनुभयो  । 

तालिममा सिकाईएका विषयवस्तुहरु संस्थाका लागि कामलाग्दो र व्यवहारिक भएको संघका लेखा समिति सदस्य प्रेमबहादुर अर्यालले बताउनुभयो । तालिम शनिवारसम्म सञ्चालन हुने संघकी सचिव कमला घर्तिमगरले जानकारी दिनुभयो ।

तालिममा कार्यसमिति र सल्लाहकारहरुको समेत विशेष उपस्थिति रहेको संघका महासचिव त्रिभुन पाण्डेयले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update