Hamroprayas
लायन्स क्लब तिलोत्तमा स्टार्सद्धारा बृक्षरोपण र शैक्षिक सामग्री वितरण 

तिलोत्तमा ,साउन ४
लायन्स क्लब अफ तिलोत्तमा स्टार्सले शुक्रबार बृक्षरोपण तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । 
क्लबले श्री सत्य लक्ष्मी आधारभुत बिद्यालय पश्चिम पहुनी तिलोत्तमा ०६ मा बृक्षरोपण र त्यहाँ रहेका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो । 

विद्यालय परिसरमा विभिन्न प्रजातीका फुलका बिरुवा बृक्षरोपण कार्यक्रम संयोजक लायन रमेश पराजुलीले जानकारी दिनुभयो।भने सोही विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा ५ सम्मका ८० जना विद्यार्थीलाई क्लबका अध्यक्ष बिना पौडेलकोे बहिनी छोरी आरुषिको जन्मदिनको अवसरमा आर्थिक सहयोग प्राप्त गरि कपि , कलम लगायतको शैक्षिक सामाग्री बितरण गिरिएको शैक्षिक सामाग्री बितरण कार्यक्रम संयोजक लायन रत्ना रिजालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरका उपप्रमुख जागेश्वर देबि चौधरीले तिलोत्तमा नगरपालिकाको साप्ताहिक रुपमा पाँच हजार बिरुवा लगाउने लक्ष्य रहेको बताउँदै यस्ता कार्यक्रमले थप सहयोग पुग्ने बताउनुभयो। लायन्स गरेका हरेक सामाजिक कार्यहरुमा नगरले सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
कार्यक्रममा एरिया चिफ एमजेएफ लायन शान्ती पाठकले लायन्स जहाँ दुख्छ, त्यहाँ लायन्स पुग्छ भन्ने भनाईलाई यस्ता कार्यक्रमले सार्थकता दिने बताउनुभयो । 

विद्यालय ब्यवस्थापन समीतिका अध्यक्ष देवि भुसालले लायन्सको सहयोगले विद्यार्थी र विद्यालयको शैक्षिक उन्नतीमा सहयोग पुगेको बताउनु भयो ।उहाँले बृक्षरोपण र शैक्षिक सामग्री वितरणका लागी श्री सत्य लक्ष्मी आधारभुत बिद्यालय छनोट गरेकोमा बिद्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो । 

क्लबका अध्यक्ष बिना पौडेल क्षेत्रीले क्लबको वार्षिक कार्यक्रम अन्र्तगत रहेर एकैदिन दुई कार्यक्रम गरिएको बताउनुभयो । क्लब,बिद्यालय र समाजका लागि पनि सामाजिक कार्यले सधै सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले यस्ता खालका कार्यक्रम लायन्सले बिगतका बर्षदेखि आयोजना गर्दै आएको बताउनुभयो । अध्यक्ष पौडेलले वातावरण सन्तुलन र हरियाली कायम राख्न बृक्षरोपण आवश्यक रहेको औल्याउनुभयो । 

 

लायन्स क्लबका डिष्ट्रिक ३२५ पी जिएसटी संयोजक एमजेएफ लायन आशिष् कृष्ण श्रेष्ठ,  एरिया ३ का चिफ जेएफ लायन शान्ति पाठक पाण्डे, वेदमूर्ति बालगुरू विष्णु कश्यप ,विद्यालयका प्रद्यानध्यापक रमेश पाठक, सस्थापक अध्यक्ष लायन लक्ष्मी थापा, साथै क्लबका पदाधिकारी,सदस्य ,विद्यालयका  शिक्षक शिक्षिका, अभिभावकहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रम क्लबका अध्यक्ष बिना पौडेल क्षेत्रीको अध्यक्षता, क्लबका उपाध्यक्ष तथा बृक्षरोपण कार्यक्रमको संयोजक लायन रमेश कुमार पराजुलीको स्वागत र शैक्षिक सामाग्री बितरण कार्यक्रमका संयोजक लायन रत्ना रिजाल धन्यवाद र सचिव लायन दीपा पाण्डे गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।


 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update