बुटवल,साउन ६
रोटरी क्लब अफ तिनाउ बुटवल र रोट्¥याक्ट क्लब अफ तिनाउ बुटवलको संयुक्त आयोजनामा सनिवार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
रोटरी क्लबको वार्षिक कार्ययोजना अन्तर्गत वृक्षरोपण गरिएको क्लबले जनाएको छ। बढ्दै गएको पर्यावरण असन्तुलनलाई रोक्न रोटरी इन्टरनेशनलले सबै क्लबहरुलाई वृक्षरोपण गर्न आग्रह गर्दै आएको छ।
सोही अनुरुप रोटरी क्लब अफ तिनाउ बुटवलले यसबर्ष बुटवलस्थित लुम्बिनी बस टर्मिनल अगाडी ६ लेन सडकको मेडियनमा बृक्षरोपण गरेको हो । स्वामी र कपुरका बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवललाई सुरक्षित, उज्यालो, वातावरणमैत्री, सरसफाइयुक्त र हरियाली बनाउने अभियानमा उपमहानगरपालिका लागेको बताउनुभयो ।
नगरप्रमुख पाण्डेले बिभिन्न सामाजिक संघसंस्थाले जुन स्थानमा बिरुवा लगाएका छन् ती बिरुवाको हुर्काउने, गोडमेल गर्ने र सो स्थानको सरसफाइ गर्ने जिम्मेवारी पनि सम्बन्धित संस्थाको रहने भन्दै संरक्षण नगरे त्यस्ता संघसंस्थाका बोर्ड उपमहानगरपालिकाले हटाईदिने बताउनुभयो ।
उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले रोटरी क्लब अफ तिनाउ बुटवलले बृक्षरोपण गरेको स्थान बुटवलको मुटु रहेको र बुटवल आउनेहरुले पहिले देख्ने स्थान समेत रहेकोले यो स्थानको सौन्दर्यकरणका लागि पनि आग्रह गरिन्। अर्यालले सबै मिलेरमात्रै बुटवललाई हरियाली र हराभरा गराउन सकिने बताउनुभयो ।
क्लबका एजि हिमाल गैरेले क्लबको मात्र नभई रोटरी डिष्ट्रीकको कार्ययोजनालाई पूरा गर्न रोटरी क्लब अफ तिनाउ बुटवलले गरेको कार्यको प्रशंशा गर्नुभयो ।
क्लबका अध्यक्ष रमिला शर्माले क्लबले स्थापना कालदेखि नै बृक्षरोपण गर्दै आएको र अहिले बुटवल उपमहानगरसंगको समन्वयमा नगरले तोकेकै ठाँउमा बृक्षरोपण गरिएको बताउनुभयो ।
उहाँले बिरुवा लगाउनेमात्रै नभई तिनिहरुको गोडमेल र संरक्षण गर्ने बताउनुभयो । अहिले लगाएका बिरुवाको गोडमेल र संरक्षणको लागिपनी क्बल प्रतिबद्ध रहेको बताउनुभयो ।
क्लबका सचीव सपना कार्कीको संचालन तथा कार्यक्रम संयोजक कृष्णमाया कार्कीको स्वागतमा सम्पन्न भएको कार्यक्रमका संस्थापक अध्यक्ष देवि वाग्ले,क्लबका जिएस आर एजाज आलम , रोट्¥याक्ट क्लब अफ तिनाउ बुटवलका अध्यक्ष बसुन्धरा शर्मा, पुर्ब अध्यक्षहरु भगवती पाण्डे,ज्ञानधरा पन्थ,प्रतिमा भट्टराई, कल्पना तिवारी लगायतको सहभागिता रहेको थियो ।