Hamroprayas
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा  आचार्य नियुक्त,सपथ भोली  हुने

बुटवल,साउन ८

लुम्बिनी प्रदेशसभामा एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य प्रदेश सरकारको मुख्यमन्त्रीमा सोमबार नियुक्त हुनुभएको छ ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।प्रदेश प्रमुख कार्यालयले संबिधानको धारा १६८ ९२० बमोजिम आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको जनाइएको छ ।

यस अघि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र एमाले उपनेता सहितको टोली प्रदेश प्रमुखको कार्यालय पुगेर आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी प्रस्तुत गर्नुभएको थियो । मुख्यमन्त्रीको सपथ भने भोली मात्र हुने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update