Hamroprayas
मौलिक तीजगीत ’खोली तिरैमा’सार्वजनिक 

बुटवल,साउन ८
नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तिज नजिकिएसगै बजारमा तिजका गीतहरु घन्कन थालेका छन् । यसैक्रममा बुटवलमा पनि कलाकार दुर्गा नेपालको मौलिक तीजगीत सम्बन्धी बनेको म्यूजिक भिडियो ’खोली तिरैमा’ शुक्रबार सार्वजनिक भएको छ । 

उक्त तीज गीतको सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका उप–प्रमुख सावित्रा अर्यालले कला संस्कृतिको माध्यमबाट बुटवललाई चिनाउने र पर्यटन प्रबद्र्धनका हिसावले पनि निकै महत्व राख्ने बताउनु भयो । कला र सस्कृति भनेका देश र समाजको पहिचानको लागि मेरुदण्ड भएकाले यसको संरक्षण र विकास गर्न कलाकारको सम्मान गर्नु पर्ने र सबैको साथ सहयोग हुनुपर्ने बताउनु भयो । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, म्यूजिक भिडियो निर्देशक मनिष पन्थ, पत्रकार महासंघका केन्द्रिय पार्षद हरिष ढकाल, मिना ढकाल लगाएतले बोल्दै स्थानिय रुपमा निमार्ण गरिएको उक्त म्यूजिक भिडियोले कला र संस्कृति जगेर्नामा सहयोग गर्ने बताउदै उदाउदा कलाकारहरुको हौसला बढाउनु पर्ने बताएका थिए ।

म्यूजिक भिडियोको छायाकंन सम्पादन तथा निर्देशकमा मनिष पन्थ, नृत्य निर्देशक लोकेन्द्र शाह, शव्द संगित अर्जुन कौशल र अभिनय अंकिता नेपाल र अभ्यूदय ढकालको रहेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update