Hamroprayas
लीलादेवी गड्तौला नेपालको पहिलो महिला मुख्यसचिवमा नियुक्त

काठमाडौं,साउन १०  

नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला  नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अहिले कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै उहाँ नेपालको पहिलो महिला मुख्यसचिव पनि बन्नुभएको छ । तर उहाँको कार्यकाल भने धेरै लामो हुने छैन । उहाँ ५८ वर्षे उमेर हदका कारण आउँदो भदौ १५ गतेबाट अवकाश पाउनुहुनेछ । यसअघि असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले त्यसबेला निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको थियो ।

त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई तत्कालिन सरकारले असार १० गते राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणी सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको थियो । त्यसपछि सचिव गड्तौलाले वरष्ठिताका आधारमा निमित्त मुख्यसचिवको जिम्मेवारी पाउनुभएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update