Hamroprayas
छात्राका लागि निशुल्क सेनिटरी प्याड  वितरण कार्यक्रम कार्यन्वयनमा समस्या

बुटवल ,साउन १३
सरकारले देशैभरका सामुदायिक बिद्यालयका छात्राका लागि सेनिटरी प्याड निशुल्क वितरण गर्न यथेष्ट बजेट छुट्टाए पनि बुटवल उपमहानगर पालिकामा यो रकम उपयोग हुन सकेको छैन । बुटवल उपमहानगर पालिकाकी शिक्षा शाखाकी अधिकृत कमला चुदालीले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७६÷०७७ मा उपमहानगरमा लागु भएको कार्यक्रम त्यसपछि भने कार्यन्वयन हुन सकेको छैन । 

सरकारले यो कार्यक्रमलाई प्रभावकारी बनाउन सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन ) कार्यविधि , २०७६ निर्माण गरी देशै भरी लागु गरेको छ ।  तर बुटवल उपमहानगर पालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुले भने प्रयाप्त वा आवस्यक मात्रामा यो सुविधा उपयोग गर्न पाएका छैनन् । 

आर्थिक बर्ष २०७९÷ ०८० मा सामुदायिक बिद्यालयका छात्राहरुलाई निशुल्क सेनिटरी प्याड व्यवस्थापन शीर्षकमा नेपाल सरकारको अनुदान रकम ५९ लाख ८२ हजार तथा सोही शीर्षकमा एस.इ एसपी सोधभर्ना अनुदान रकम १० लाख ६५ हजार र एस.इ एसपी सोधभर्ना हुने ऋण (वैदेशिक) रकम २१ लाख ६९ हजार रकम छुट्टाएको मा काम नहुदा फ्रिज भएको छ । त्यस्तै आर्थिक बर्ष २०८०÷०८१ मा माथि कै शीर्षकमा नेपाल सरकारको अनुदान रकम ६६ लाख ६ हजार एस.इ एसपी सोधभर्ना अनुदान रकम ११ लाख ९३ हजार तथा एस.इ एसपी सोधभर्ना हुने ऋण (वैदेशिक) रकम २० लाख ५२ हजार रकम पनी कार्यन्वयन हुन सकेन । 

यसै सन्दर्भमा लक्ष्मी माध्यमिक बिद्यालय बुटवल ४ की प्रधानध्यापक शान्ती शर्माले अध्यनरत छात्राहरुलाई अति आवस्यक परेको खण्डमा मात्र प्याड उपलब्ध गराउने गरेको बताउनुभयो । अति आवस्यक परेको खण्डमा मात्र प्याड उपलब्ध गराउन सकेका छौँ । विद्यालयको आन्तरिक स्रोतबाट ५० हजार बरावरको रकम खर्च भएको छ विद्यालयको आर्थिक स्रोत पनि कमजोर भएकाले समस्या छ । यो बिषयमा नगरको ध्यान जान पर्ने हो । पहिले जस्तो प्रअहरुको बैठक पनि हुदैन – प्रधानध्यापक शर्माले भन्नुभयो । शर्माले भन्नुभयो – ‘असुरक्षित उपाय अपनाएर बिभिन्न संक्रमणको सिकार भएको उदाहरण पनी भएकाले छात्राहरुले अब सहज हिसावले प्याडको प्रयोग गर्न पाउने ेतरिकाले यो कार्यक्रमलाई निरन्तरता दिनुपर्दछ ।’

त्यस्तै कान्ति माध्यामिक बिद्यालय बुटवल ४ का प्रधानध्यापक गोविन्द ज्ञवालीले आएको बजेट कार्यन्वयन नहुनु नगरपालिकाको कमजोरी भएको बताउनुभयो । हामीले विद्यालयको आन्तरिक स्रोतबाटै शुरु भएको कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।  विद्यालयको १० लाख रुपयाँ खर्च भै सकेको छ । हामीले यस समस्याका बारेमा निरन्तर जानकारी गराएका छौँ तर सुनुवाई नहुदैन  – प्रधानध्यापक ज्ञवालीले भन्नुभयो । 
 

उहाँले सेनेटरी प्याड बिद्यालयमै उपलब्ध हुँदा बिद्यालयमा छात्राहरुको उपस्थिती नियमित गराउन सहयोग पुग्ने ज्ञवालीले बताउनुभयो।सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन ) कार्यविधि , २०७६ मा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरुलाई महिनावारीका समयमा आवस्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलव्ध गराइ उनीहरुको स्वास्यमा सुधार गरी सोही कारणबाट बिद्यालय छोड्ने समस्य समाधान गर्न गुणस्तरीय शिक्षाको प्रत्याभूती गर्न र महिनावारी व्यवस्थापन सामगी्रको दिगो विसर्जन तथा पुन प्रयोग गर्न सकिने सामाग्रीको प्रयोग गर्ने तर्फ उत्प्रेरीत गर्न वान्छनीय भएको प्रस्तावना सहित तयार पारिएको छ । 

यसै विषयमा बुटवल उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले सेनिटरी प्याड नगरका सम्पुर्ण विद्यालयमा यही भदौ १० गते भित्र पुगिसक्ने दाबी गर्नुभयो ।पहिलेका बर्षमा किन भएन भन्ने कुरा भन्दा पनि अहिले टेन्डर अनुसार कामलाई छिटो छरितो बनाउने प्रयत्नमा छौँ – प्रमुख प्रशासकीय अधिकृत खनालले भन्नुभयो । 
 
उक्त कार्यविधिले सेनेटरी प्याड भण्डार, वितरण, प्रयोग तथा विर्सजनका लागि गर्नु पर्ने कामहरु समेटेको छ । संघिय शिक्षा मन्त्रयालयका सचिवको नेतृत्वमा निर्देशक समिति, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा प्रदेश स्तरीय सेनेटरी प्याड व्यवस्थापन सहजिकरण समिति, स्थानीय तहको उपप्रमुखको नेतृत्वमा स्थानिय तह स्तरीय सेनेटिरी प्याड व्यवस्थापन सहजिकरण समिति, प्रध्यानाध्यापकको नेतृत्वमा विद्यालय स्तरीय सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समिति रहेको छ ।

समाजमा छोरीलाई त्यसरी नै हुकाइएको हुन्छ कि उनिहरु महिनावारी बारे कुरा गर्न नै अझै पनि हिच्किचाउछन् । नकारात्मक परिणाम स्वारुप महिनावारी हुँदा बिद्यालयमा बताउँन गार्हो मान्छन । यो बिषयलाई चिर्न पनि कार्यक्रमलाई निरन्तर लैजानु पर्ने यसै क्षेत्रका शिक्षाबिद् आनन्दमान श्रेष्ठको बिचार रहेको छ । यसै सन्दर्भमा नगर प्रमुख खेलराज पाण्डेले यो बिषय कार्यन्वयन हुन अब समय नलाग्ने बताउनुभयो । 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update