Hamroprayas
मिडिया एक्सन फर रोड सेफ्टीमा पत्रकार स्वस्तिक श्रेष्ठ 

बुटवल,कार्तिक १९
दुर्घटना न्युनीकरणको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था मिडिया एक्सन फर रोड सेफटीको विशेष बैठकले पत्रकार स्वस्तिक श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । 

सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेको प्रमुख आतिथ्यतामा बसेको भेलाबाट संस्थाको सचिवमा डिबि सुस्लिङ तथा सदस्यहरुमा दिनेश श्रेष्ठ, प्रकाश आचार्य, अस्मिना पाण्डे ,ललित पाण्डे, कृष्ण खनाल, माधव पौडेल, तेजेन्द्र केसी, कपिल ज्ञवाली, विष्णु घिमिरे, हरिलाल बश्याल, रमेश पराजुली र साबी अर्याललाई सर्वसम्मत चयन गरेको हो । 

यसैगरी संस्थाको सल्लाहकारमा वरिष्ठ पत्रकार शरण कर्माचार्य, भगवती पाण्डे, विश्वास ढकाललाई मनोनीत गरिएको छ ।  नवनिर्वाचित संयोजक श्रेष्ठले सडक सुरक्षा र सचेतनाको विषयमा सरोकारवाला संस्थाहरुसंग सहकार्य गरी लुम्बिनी प्रदेशमा नै दुर्घटना रोक्ने अभियान चलाउने बताउनुभयो । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update