बुटवल, साउन १९
रोटरी क्लब अफ तिनाउ बुटवलले शुक्रबार मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सचेतना कार्यक्रमको बेटर माईन्डका संस्थापक मनोविद कपिल शर्माले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा मन, सोच ,भावना र व्यवहारको अन्तरसम्बन्ध परिस्थिति र मनस्थिति बिचको सम्बन्ध र अवसरहरूको बारेमा छलफलहरू भएका थिए ।
हामी संग भएको मन र सोचाई बिचको अन्र्तसम्बन्धले नै हाम्रो जिवनशैली निर्धारण गर्छ ,मनोविद् शर्माले भन्नुभयो ,बिषय उही भएपनि प्रस्तुत गर्ने शैली सकारात्मक नहुदा नसोचेका घटना घट्न सक्छन् ।
शर्माले आत्मसम्मान र आत्म–करुणा विकास गर्ने उपायहरूका बारेमा जानकारी दिदैं सहभागीहरूको प्रश्न र जिज्ञासाको सम्बोधन पनि गर्नुभएको थियो ।
उहाँले आप्नो मनको कुरा मनभित्रै उकुसमुकुस हुनेगरि कुम्स्याएर नराख्न र नजिकको साथीसंग गोपनियता भंङ्गनहुने गरि साटासाट गर्न आग्रह गर्नुभयो ।
शर्माले आफ्नो स्वास्थ्यका लागि ख्याल गर्नुपर्ने कुरामा जोड दिँदै मानसिक स्वास्थ्य सहयोगका आवश्यकता र उपायहरूका बारेमा प्रकाश पार्नुभएको थियो ।
एक्लै बस्न मन लाग्ने, मन भारी हुने ,मनमा डर लागे जस्तो हुने जस्ता समस्या देखिनु मानसिक समस्याको शुरुवाती लक्षणहरु हुन्।
उहाँले कडा वा सामान्य खालको मानसिक समस्या देखियो भने मनोविश्लेषक, मनोविद् तथा मानसिक स्वास्थ्यसम्बन्धी स्वास्थ्यकर्मीसँग परार्मश लिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ तिनाउ बुटवलका एजी हिमाल गैरेले पछिल्लो समय मानिसहरुमा एक्लोपना बढ्दै गईरहेको बताउनुभयो । उहाँले यस्ता खालका कार्यक्रमले समाजसेवा गर्न थप हौसला मिल्ने बताउनुभयो ।
रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष रमिला शर्माले रोटरीको थिम र पछिल्लो समयमा देखिएको मानसिक स्वास्थ्य समस्या कम गर्न सहयोग पुगोस् भन्ने उदेश्य राखेर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ तिनाउ ,रोटर्र्याक्ट क्लब अफ तिनाउ, बिभिन्न आमा समुहका सदस्य, बिद्यार्थी,काउन्सीलर माला प्रधान,रोटरी डिष्ट्रीक ३२९२ मेन्टल हेल्थ कमिटी को. चेयर उमेश आचार्य, लायन रेश्मा भट्टराई, संस्थापक अध्यक्ष देवि वाग्ले, पुर्व अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा एबलेन नेपालका अध्यक्ष रन्जु शर्मा , कार्यक्रम संयोजक क्लबका पुर्व अध्यक्ष कल्पना तिवारी, प्रेसीडेन्ट इलेक्ट उमा आचार्य, सचिव सपना कार्की लगायतले मानसिक रुपमा स्वस्थ रहनका लागि यस्ता खालका कार्यक्रमले सहयोग पुग्ने बताउनुभएको थियो ।