Hamroprayas
होराइजनमा  साहित्यक कार्यशाला

बुटवल ,साउन १९

क्षितिज साहित्यिक परिषद,बुटवलले सिर्जनात्मक लेखन अभियान अन्तर्गत  "कविता लेखन तथा वाचन कार्यशाला" शुक्रवार हाेराईजन आवासीय  माध्यमिक विद्यालयमा प्रारम्भ गरेकाे छ । 

कार्यशालाकाे उद्घाटन प्रमुख अतिथिका रुपमा रहेका प्रगतिशील लेखक संघका केन्द्रीय सचिव दलबहादुर गुरुङले विद्यालयस्तरमा साहित्यलाई प्रभावकारी रुपमा गतिशील बनाउन सिर्जनशील लेखन कार्यशाला आवश्यक रहेकाे बताउनुभयो । उहाँले साहित्यलाई मनाेरञ्जनकाे साधनमात्र नबनाई समाजसँग जाेड्नुपर्ने सुनाउनु भयो ।

हाेराईन साहित्यिक परिषदले  समय-समयमा साहित्यिक गतिविधिहरु गर्दै नेपाली साहित्य-आकासलाई फराकिलाे बनाउँदै लगेकाे प्रमुख अतिथि गुरुङले उल्लेख गर्नुभयो  ।  

प्राचार्य लाेकनाथ उपाध्यायले विद्यालयमा साहित्यलाई सिर्जनात्मक तरिकाले अघि बढाउन कार्यशालाकाे आयाेजना गरिएकाे र यसले विद्यार्थीकाे लेखन तथा वाचनकलालाई उत्कृष्ट बनाउन सहज हुने बताउनुभयो ।

रेडियाे देवदहका कार्यकारी निर्देशक दीपक न्याैपानेले कार्यशाला सफलताकाे शुभकामना दिनुभयो  । 

कार्यशालामा प्रलेस,रुपन्देहीका अध्यक्ष कविराज पा‌ैडेल र सदस्य यज्ञलाल सुवेदीले कविता लेखन तथा वाचनसम्बन्धी सहजीकरण गर्दैछन् । 

कार्यशालामा स्वागत विद्यालयका सहायक प्राचार्य  राजीव श्रेष्ठ र सञ्चालन  शिक्षक हरिप्रसाद पाैडेलकाे रहेकाे छ ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update