Hamroprayas
ईनरव्हिल क्लब जितगढीको अध्यक्षमा यसोदा भट्टराई 

बुटवल, साउन २०
इनरह्वील क्लब अफ जितगढी बुटवलको वर्ष २०२४-२५ को अध्यक्षमा डिलकुमारी भट्टराई(यसोदा)निर्वाचित हुनुभएको छ । शनिवार बुटवलमा सम्पन्न क्लबको तेस्रो पदस्थापन कार्यक्रममा भट्टराईले पदभार ग्रहण गरेसंगै अब एक बर्षको नेतृत्व गर्नुहुने छ । कार्यक्रममा बर्ष २०२३ -२४ का अध्यक्ष दुर्गादेबि गौतमले बर्ष २०२४ -२५ का अध्यक्ष यसोदा भट्टराईलाई पदहस्तान्तरण गर्नुभएको हो । 

त्यस्तै क्बलको बर्ष २०२४-२५ का लागि अध्यक्षमा भट्टराई, आई पि पि मा दुर्गादेबि गौतम ,भाईस प्रेसीडेन्टमा पुष्पा पोखरेल ,सचिवमा रीता लामिछाने, कोषाध्यक्षमा गिता अर्याल पन्त, आई एस ओमा अनिता डुम्रे, इडिटरमा बिमला अधिकारी, एक्जुकेटिभ मेम्बरमा रुपा अधिकारी र जानुका शर्मा चयन हुनुभएको छ । 

पदभार ग्रहण गर्दै अध्यक्ष भट्टराईले इनरह्वील डिष्ट्रिकले अगाडी सारेको थिममा रहेर कार्यक्रम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँँले बृक्षरोपण , रक्षाबन्धन , तिजमिलन, खाद्यान्न वितरण, न्यानो कपडा वितरण ,शुभकामना आदानप्रदान ,नेतृत्व विकास र महिला हिंसा बिरुद्धका कार्यक्रम्महरुलाई निरन्तरता दिने बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक इनरव्हिल ३५० का चेयरमेन आशा श्रेष्ठले रुपन्देहीमा रहेका क्बलहरु मिलेर ग्राण्ड प्रोजेक्टको अवधारण ल्याउनुपर्ने बताउनुभयो । यति कार्यक्रम गरियो भन्नु भन्दा पनि उत्कृष्ट कार्यक्रम गरेर समाजमा प्रभाव पार्न सके यस्ता क्लबहरुलाई सबैको साथ र सहयोग रहने बताउनुभयो । क्लबले बनाएको योजना प्रभावकारी भएमा डिष्ट्रिकले पनि साथ दिने बताउनुभयो । 

क्लबका मानार्थ सदस्य तथा कार्यक्रमका बिशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले महिलाहरु सबै क्षेत्रमा अगाडी आउन जरुरी रहेको बताउनुभयो ।सामाजिक,आर्थिक रुपमा महिलाहरु सक्षम हुन जरुरी रहको बताउँदै क्लबहरुसंग मिलेर नगरपालिकाले सहकार्य र समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 

क्लबका संस्थापक सल्लाहकार तथा रोटरी क्लब अफ बुटवल डाउनटाउनका पुर्ब अध्यक्ष राजेन्द्र ढकालले रुपन्देहीबाट महिला लिडरहरु उत्पादन हुन आवश्यक रहेको बताउनुभयो । समाज परिवर्तनमा व्यक्तीको भावना र भुमिका आवश्यक रहेको बताउँदै सबै सदस्य सक्रिय भएर लाग्न सके क्लबहरु बाट धेरै काम गर्न सकिने बताउनुभयो ।रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवालीले महिलाहरुका घर परिवार  समाजको धेरै भूमिका हुदाहुदैपनि सामाजिक काममा अग्रसरहुनु सकारात्मक भएको बताउनुभयो ।  

कार्यक्रममा संस्थापक सल्लाहकार हेमा न्यौपानेले काम गर्ने हौसला र परिवारको साथ हुनेहो भने महिलाहरुले जस्तासुकै काम गर्नसक्ने बताउदै नयाँ नेतृतवलाई रचनात्मक कार्यगर्न शुभकामना दिनुभयो । क्लबका संस्थापक अध्यक्ष उमा अर्याल ढकालले क्लब स्थापना कालको स्मरण गर्दै तिन बर्षसम्म आउदा क्लबले गति लिन सुरु गरेको बताउनुभयो। 

कार्यक्रम्मा बर्ष २०२३ २४ का अध्यक्ष गौतमले आफ्नो कार्यकालमा गरेका कार्यक्रमहरुका बारेमा जानकारी दिदै साथ र सहयोग गर्ने बिभिन्न ब्यक्तीहरुलाई सम्मान गर्नुभएको थियो । इनरव्हिल क्लब अफ सैनामैनाका अध्यक्ष सुनिता खत्री ,भाईस प्रेसीडेन्ट पुष्पा पोखरेल लगायतले बोल्नुभएको कार्यक्रममा बर्ष २०२४-२५ का लागी क्लब डाईरेक्ट्री समेत बिमोचन गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update