Hamroprayas
साहित्यकार आत्रेय पुरस्कृत 

बुटवल,साउन २०
नेपाल सरकार संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० (साहित्यतर्फ)बाट लामो समयदेखि साहित्य साधनामा क्रियाशील  प्रगतिशील साहित्यकार चतुर्भुज आत्रेयलाई पुरस्कृत गरेको छ । 

एक लाख नगदसहित ताम्रपत्र,दोसल्लाबाट सम्मानित आत्रेयका आधा दर्जनबढी पुस्तक प्रकाशित छन् । रुपन्देहीमा रहेर साहित्य,कला, पत्रकारितामा गतिशील उहाँलाई राज्यले  यो किसिमको पुरस्कारले पुरस्कृत तथा सम्मानित गर्नु सबैलाई खुसी लागेको प्रलेसका केन्द्रीय सचिव दलबहादुर गुरुङले बताउनुभयो । 

उहाँसँगै पुरस्कृत हुनेमा कम्युनिस्ट नेता सिद्धिलाल सिह,मरणोपरान्त डाक्टर  विश्वनाथ सिहसमेत पुरस्कृत हुनुभएको छ। पुरस्कारको संयोजन पुष्पलाल स्मृति प्रतिष्ठानले गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update