Hamroprayas
उद्योग व्यापार संगठन रुपन्देहीको साधारण सभा भदौमा हुने 

भैरहवा, साउन २३ 
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीको १७ औं वार्षिक साधारण सभा २०८१ भदौ १ गते शनिबार हुने भएको छ । साउन ५ गतेको नियमित बैठकको निर्णय अनुसार संगठनको १७ औं वार्षिक साधारण सभा भदौ १ गते हुने अध्यक्ष दर्पण श्रेष्ठले बताउनुभयो ।

साधारण सभा बिहान ८ बजेदेखि सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संगठनको सभाहलमा सुरु हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । साधारण सभामा सहभागी हुन संगठनमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई उहाँले आग्रह गर्नुभयो ।

साधारण सभामा अध्यक्ष, महासचिवको प्रतिवेदन, लेखापरीक्षण तथा कोषाध्यक्षको प्रतिवेदन, विधान संशोधनलगायत प्रस्तावमा छलफल हुने संगठनकी महासचिव लक्ष्मी अधिकारीले जानकारी दिनुभयो । संगठनले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु समेत गर्दै आएको वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले बताउनुभयो । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update