Hamroprayas
सुनको भाउ घट्यो

काठमाण्डौ, साउन २३,
आज बुधबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ एक हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ४६ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

हिजो पनि सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले घटेको थियो । अस्ति सोमवार तोलाको एक लाख ५० हजार रुपैयाँ पुग्दा सुनको भाउले रेकर्ड बनाएको थियो ।

आज चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको एक हजार सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update