Hamroprayas
पश्चिम नेपाल बस प्रा.लि.द्वारा मृतक ब्यबसायीका परिवारलाई १७ लाख प्रदान

बुटवल, साउन २४

दुर्घटनामा परि निधन भएका आफ्ना शेयर सदस्यको परिवारलाई बिमा रकम वापत १७ लाख रुपैयाँ प्रदान गरिएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.द्वारा शेयर सदस्य लु १ ख ८७८७ नम्बरका गाडी धनी भैरहवा निवासी जानकी देवी पाण्डेको परिवारलाई सो रकम प्रदान गरिएको हो । 

आज एक कार्यक्रका बिच मृतक पाण्डेका छोराहरु अखिलेश कुमार पाण्डे र कमलेश कुमार पाण्डेलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।यति ठुलो रकम राहत वापत ब्यबसायीको परिवारलाई प्रदान गरिएको पहिलो पटक भएको प्रा.लि.ले जनाएको छ। 

आफ्नै घरको छतबाट खसेर गम्भिर घाईते भएकी सिद्धार्थनगर ३ भैरहवा निवासी पाण्डेको उपचारका क्रममा युनिभर्सल मेडिकल कलेजमा निधन भएको थियो । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.का शेयर सदस्य समेत रहनुभएकी पाण्डेको निधन पश्चात मृतकका परिवारलाई ब्यबसायी कल्याणकारी कोष मार्फत २ लाख रुपैयाँ र बिमा वापतको १५ लाख गरि कुल १७ लाख रुपैयाँ प्रदान गरिएको अध्यक्ष दधिराम खरेलले बताउनुभयो ।  

अध्यक्ष खरेलका अनुसार कुल २२ सय २ शेयर सदस्य रहेको प्रा.लि.ले ब्यबसायीको निधन पछि परिवारलाई राहत होस भन्ने उद्देश्यले ब्यबसायीहरुको २२ लाखसम्मको बिमा तथा राहत रकमको ब्यबस्था संस्थाले नै गरेको छ । 
अध्यक्ष खरेलका अनुसार पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले स्थापना गरेको सहकारी मार्फत आफ्ना शेयर सदस्यहरुको ब्यबसायिक सुरक्षा र सदस्यका परिवारहरुको हकहितका लागि आर्थिक सहयोग गर्ने उद्देश्यले बिशेष ब्यबस्था गरेको छ । 

आफ्ना सदस्य ब्यबसायीहरुको पेशागत सम्मान र हकहित संरक्षणलाई मुख्य प्राथमिकतामा राख्दै पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले पछिल्लो समय मरणोपरान्त समेत परिवारलाई रकम प्रदान गर्दै आईरहेको छ । ब्यबसायीका साथै परिवारको जिवनयापनमा समेत सघाउ पुराउने उद्देश्यले सहकारी मार्फत रकम बितरण गर्ने ब्यवस्था गरिएको प्रबन्ध संचालक रामचन्द्र भुसालले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update