Hamroprayas
पामिर एकेडेमीका विद्यार्थीलाई उत्प्रेरणामूलक तालिम

तिलोत्तमा, साउन २५

पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले विद्यार्थीलाई उत्प्रेरणामूलक ताालिम दिएको छ ।

कक्षा ७, ८, ९ र १० का विद्यार्थीलाई विद्यार्थीमा देखिने मनोवैज्ञानिक अवस्थालाई सहज रुपमा आत्मसात गरेर जीवनलाई कसरी सफलता उन्मुख बनाउन सकिन्छ र खुसी जीवनयापन गर्न सकिन्छ भन्ने विषयमा उत्प्रेरणामूलम तालिम दिइएको हो ।
कार्यक्रममा प्रशिक्षक मनिषदेव मिश्रले व्यक्तित्व विकास, नेतृत्व विकास र जीवनमा सफलता प्राप्त गर्नका लागि गर्नुपर्ने कार्यहरुलाई समेटेर उत्प्रेरणामूलक प्रशिक्षण दिनुभयो । प्रशिक्षक मिश्रले सफल जीवनका लागि शिक्षा र सफलताका लागि लक्ष्य निर्धारण आवश्यक रहेको बताउनुभएको थियो । ।

विद्यालयका प्राचार्य गोपाल गौतमले विषयगत ज्ञानका अलावा विद्यार्थीलाई अन्य विषयमा पनि प्रशिक्षण आवश्यक हुने भएकाले विद्यालयले विभिन्न समयमा अतिरिक्त कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभयो । विद्यार्थीलाई सही समयमा सही निर्णय गर्न उत्प्रेरणमूलक तालिमले सहयोग पु¥याउने उहाँको भनाइ थियो ।उहाँले विद्यार्थीको चौतर्फी विकासका लागि यस्ता उत्प्रेरणामूलक तालिम आवश्यक हुने बताउनुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update